फाइल फोटो

नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारणबारे संसदीय समितिले सरकारसंग जवाफ माग गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधी समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा समितिमा पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले टेलिकमको सेवा गुणस्तर र प्रभावकारिताको विषयमा आगामी कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । टेलिकमले एक वर्षमा सिमकार्ड वितरण गरेको सीमकार्डको विवरण पेश गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिईन ।

त्यस्तै नेपाल टेलिकमको साझेदारको विषयमा साझेदार भित्र्याउने विषयमा के कस्तो र कसरी साझेदारी गर्ने हो, त्यस सम्बन्धमा स्पस्ट निति व्यवस्था गरि त्यसबारे समितिमा जानकारी गराउन समेत मन्त्रालयलाई निर्देशन दिएको सभापति खड्काले जानकारी दिईन ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सञ्चार मन्त्रालयका सबै खरिद बिक्री प्रतिष्पर्धाका आधारमा हुने बताए । मन्त्री खतिवडाले नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने पनि उल्लेख गरे । देशभर इन्टरनेट पु¥याउने गरी सरकारले काम गरिरहेको भन्दै लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको र सबै ठाउँमा विद्युत सेवा नपुगेका कारण पनि इन्टरनेट सेवा पु¥याउन असहजता आएको उनले बताए ।

बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले टेलिकमको सेवाको गुणस्तरमाथि प्रश्न उठाएका थिए । उनीहरुले रणनीतिक साझेदार भित्राउने बिषय लामो समयहुदा पनि पुरा हुन नसक्नुको बारे पनि जिज्ञासा राखेका थिए ।

एनसेलले टेलिकमले भन्दा राम्रो सेवा दिँदै आइरहेको उल्लेख गर्दै सांसदहरुले राज्यको लगानी रहेको नेपाल टेलिकमले त्यसमा प्रतिस्पर्धा गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here