साताको पहिलो दिन सुन-चाँदीको मुल्यमा वृद्धि भएको छ। शुक्रबार प्रति तोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रति तोला ९९ हजार ६ सय रुपैयाँ पुगेको छ। यो साता सुनको मुल्य एक लाख पुग्ने अनुमान गरिएको छ।

त्यस्तै तेजाबी सुनको मुल्य पनि बढेको छ। शुक्रबार प्रति तोला ९८ हजार ८६५मा कारोबार भएको तेजाबी सुनको मुल्य आज २ सय ९५ रुपैयाँले बढेको छ। आज तेजाबी सुनको मुल्य ९९ हजार १६० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ।

आज चाँदीको मुल्य ३० रुपैयाँले बढेको छ। शुक्रबार प्रति तोला १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

साउन महिनाको तेस्रो सातासम्म आइपुग्दा सुनको मुल्य ९ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २ सय २५ रुपैयाँले वृद्धि भएको छ।

साउन महिनामा सुनको मुल्यको विवरण

गतेसुन (प्रति तोला)तेजाबी सुन (प्रति तोला)चाँदी (प्रति तोला)
९२७००९२ हजार २६०१००५
९२२००९१ हजार ७६०९९५
९२५००९२ हजार ६५१००५
९२३००९१ हजार ८६५१०००
९२७००९२ हजार २६०१०४०
९४०००९३ हजार ५६०११३५
९४५००९४ हजार ६५११४५
९५८००९५ हजार ३६५११५०
११९६३००९५ हजार ८६०११५५
१२९७५००९७ हजार ६०१२१०
१३९८२००९७ हजार ७६०१२४५
१४९८५००९८ हजार ६५१२२५
१५९९०००९८ हजार ५६०१२२५
१६९९३००९८ हजार ८६५१२००
१८९९६००९९ हजार १६०१२३०

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here