विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमल रानी वरुणको मृत्यु भएको छ।

उत्तर प्रदेशकी मन्त्री बरुणको आइतबार बिहान ९ः३० बजे उपचारका क्रममा लखनऊको सञ्जय गान्धी पोष्टग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमहरुले बताएका छन्।

६२ वर्षीया मन्त्री वरुणलाई कोरोना भाइरस पोजेटिभको संक्रमण पुष्टि भएपछि जुलाइ १८ मा उनी अस्पताल भर्ना भएकी थिइन्।

उत्तर प्रदेशको प्रविधि शिक्षामन्त्री रहेकी वरुण कोरोनाबाट मृत्यु हुने पहिलो मन्त्री हुन्।

मधुमेह लगायतका रोगको विरामी समेत रहेकी वरुणको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गहिरो दुःख व्यक्त गरेका छन्।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारत पछिल्लो समय अति प्रभावित मुलुकको सूचिमा पर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here