पार्टी भित्र देखिएको विवादका बिषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता झलनाथ खनाल छलफलका लागि आइतबार बालुवाटार पुगेका थिए ।

छलफलमा नेताहरुबीच कुनै ठोस सहमति नभएपनि संवादलाई निरन्तरता दिन भने सहमत भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रचण्ड पक्ष नेताहरु स्थायी कमिटी बैठक बसेपछि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच छलफल हुन सकेको थिएन । छलफलका क्रममा ओलीले विधि र प्रकृयाबाटै आफु पदबाट हट्ने दोहराएका थिए । प्रचण्डले विवाद समाधानका लागि पार्टी बैठकलाई निरन्तरता दिनुपर्ने, विधि र पद्धतिको पालना हुनुपर्ने बताएको स्रोतले बतायो ।

यसअघि प्रचण्ड पक्षको बालुवाटारमै बसेको बैठकले संवाद गरेर निकास खोज्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

विवादकै कारण पार्टीको स्थायी कमिटी बैठक समेत अनिश्चीत बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here