गण्डकी प्रदेशमा एकै दिन ३९ जनामा कोरोनाको संक्रमण देखिएको छ। आइतबार दिनभर गण्डकी प्रदेशमा ३९ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

निर्देशनालयका अनुसार आज कास्कीमा १० जना,बाग्लुङ्गमा ३ जना ,नवलपरासी (ब सु पु)मा ९ जना , गोरखामा २ जना, तनहुँमा ५ जना, लम्जुङ्गमा ३ जना र स्याङ्जामा ८ जना गरि ३९ जनामा संक्रमण देखिएको हो।

गण्डकी प्रदेशको पछिल्लो विवरण अनुसार हालसम्म १३४२ जना पुरुष र १८२ जना महिला गरि १५२४ जनामा कोरोना संक्रमित देखिएको छ। त्यस्तै गण्डकीमा निको हुने ८७.२७% रहेको छ। अहिले १०१६ जनालाई क्वारिनटाईनमा रखिएको छ। गण्डकीमा १३३० जना स्वास्थ्य लाभ लिइ घर फर्किसकेको निर्देशनालयले जनाएको छ।

जिल्ला स्तरीय विवरण

क्रसजिल्लासंक्रमितनिको हुनेसक्रिय केसमृत्यु
कास्की१४०११०३०
स्याङ्जा२६८१५४७२`
बाग्लुङ्२४६२२२२३
पर्बत९८९७
म्याग्दी४७४१
मुस्ताङ्
मनाङ्
लम्जुङ्११०९६१४
तनहुँ१८३१६४१४
१०गोरखा१०६१०३
११नवलपरासी(पूर्व)३२४३०१२३

स्रोत: स्वास्थ्य निर्देशनालय पोखरा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here