आगलागीबाट ४५ गाई मरे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, असार ३

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन्। नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए।

प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ। फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए। घाइते गाईको उपचार भइरहेको छ। रासस