सेयर बजारमा सामान्य सुधार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ।

नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५ सय ५९ बिन्दुमा पुगेको छ।

लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो। ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ।

स्टकका अनुसार कुल १ सय ३९ कम्पनीको १५ लाख ७७ हजार ७ सय ७ कित्ता सेयर रु ६७ करोड १८ लाख १९ हजार ८ सय ५५ मा कारोबार भएको हो।

धितोपत्र बजारमा आज बिमा समूहको मात्रै सेयरको मूल्य घटेको छ। सो समूहको ३३.७५ बिन्दुले सेयर मूल्य घटेको छ। यस्तै बैंकिङ ६.०१, होटल १९.८६, विकास बैंक ११.३६, जलविद्युत् १२.७३, फाइनान्स ३.८४, उत्पादन ३.४९ र अन्य समूह ०.२९ बिन्दुले बढेको छ रासस