बाढी पहिरोले १३ घरमा पूर्ण क्षति

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
पोखरा, २५ साउन

गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ ।

गाउँ भन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बाढी पहिरोले रिभानबाट हुम्दीतर्पm जाने दुईवटा मोटर चल्ने पुल र विद्युत्का पोल पनि बगाएको छ । बाढीले स्थानीय देवीलाल लामिछाने, दण्डबहादुर विक, प्रवीण लामिछाने, गंगाबहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरबहादुर विक र काजी विकको घर बस्नै नमिल्ने गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ । रासस