जनप्रतिनिधिको चार महिने अनुभव : सिंहदरबार गाउँमा ल्याउन सकेनौँ!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पुरै अधिकार गाउँमा ल्याउने प्रतिवद्धता जनाएका थए ।  चुनाव पनि जिते तर उनीहरुले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् ।

उनीहरु अहिले भन्छन् चुनावमा भाषण त गर्यौँ तर भनेजसरी सिंहदरबार गाउँमा पुर्याउन सकेनौँ ।

उनीहरुले स्थानीय तहमा कर्मचारी नहुँदा चुनावमा गरेका प्रतिवद्धताअनुसार काम गर्न नसेकेका हुन् । आजको नागरिक दैनिकमा यो खबर छ ।