बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बैतडी, मंसिर १७

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ । सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो ।

रणनीतिक कार्ययोजना निर्माणका लागि जिल्लाका सरोकारवालासँग छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो ।

जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, किशोरीवृत्त, प्रतिष्ठित धामी समूह, पत्रकारलगायत सरोकारवालाले छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको हो ।

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तर्जुमा परामर्श गोष्ठीमा सहभागीले बालविवाह न्यूनीकरणका लागि पाँच वर्षसम्म गर्नुपर्ने काम बारे छलफल गरेर कार्ययोजना बनाएको हो । यसअघि सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको थियो ।

किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानून कार्यान्वयन गर्न सो रणनीति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।  रासस