व्यवसायी गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन  हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ। हत्यामा संलग्न सुटरसहित पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

टोलीले केहीबेरमै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ। गौचनको असोज २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।