शशांक कोइरालाको प्रचारप्रसारमा गएको गाडीमा आगजनी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, मंसिर १८

नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार एवं पार्टी महामन्त्री डा शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ ।

नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा आइतबार राति प्रगतिनगरमा आगजनी भएको हो ।

घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासंग कम्युनिष्ट गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन् ।