Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

वामपन्थीहरुले गाएको क्रान्तिका गीत र नाराले प्यूठान उँभो लागेनः कांग्रेस उम्मेदवार पोखरेल

हिमाल दैनिक
काठमाडौं, मंसिर १८
वामपन्थीहरुले गाएको क्रान्तिका गीत र नाराले प्यूठान उँभो लागेनः कांग्रेस उम्मेदवार पोखरेल

आध्यात्मिक चिन्तकमाझ मध्यपश्चिम क्षेत्रको प्यूठान जिल्ला स्वर्गद्धारी महाप्रभुको जिल्लाका रुपमा परिचित छ। त्यसबाहेक विगतका चुनावदेखि हालै सम्पन्न स्थानीय तह निर्वाचन परिणामलाई हेर्ने हो भने योे जिल्ला वामपन्थी राजनीतिक दल र त्यीनका नेताहरु जन्माउने प्रमुख थलोेकै रुपमा चिनिन्छ। प्रगतिशील नारा दिने वामपन्थी दल र त्यीनका नेताहरुको जन्मथलो प्यूठानमा राजनीति गर्नेहरु धेरै भए। तर, जिल्लाको विकास, निर्माण र समाजको उन्नतीका विषयमा कसैले ध्यान दिएनन्। त्यहि कारण अहिल पनि यो जिल्लामा सबैभन्दा बढी बालबिबाह जस्तो सामाजिक कुरितीदेखि जीवन र जगतदेखि विरक्तिएर आत्महत्या गर्नेको संख्या समेत बढी भएको जिल्लाका रुपमा परिचित छ।

यो जिल्लाबाट राजनीतिमा लागेर धेरै दलका नेताहरुले आफ्नो व्यक्तिगत हैसियत बढाए होलान्। तर जनताको हैसियत जहिँको तहि रह्यो। यी विषयलाई राम्रोसँग अध्ययन गरेका प्राज्ञिक क्षेत्रमा दुई दशकभन्दा बढी समय विताएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका प्राध्यापक डाक्टर गोेविन्दराज पोेखरेल दुई वर्षअघि गएको विनासकारी महाभुकम्पको पुर्ननिर्माणका लागि नयाँ खाका तयार पारे। राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा रहँदा उनैले तयार पारेको पुर्ननिर्माणको खाकाका आधारमा राजधानीमा तत्काल दाता सम्मेलन मार्फत पुर्ननिर्माणका लागि आवश्यक रकमको जोहो मिलाए। त्यसपछिका समयमा पनि पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुखका हैसियतले धेरै काम गरेको पोखरेल अहिले चुनावी मैदानमा होमिएका छन्।

इन्जिनियरिङ जस्तो प्राविधिक विषयमा ज्ञान हाँसिल गरेका पोखरेलले अहिले कांग्रेसको तर्फबाट प्यूठान जिल्लाको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी आफूले अब राजनीति मार्फत समग्र जिल्लाको विकास निर्माण र संमृद्धिको इन्जिनियर बनेर फरक ढंगले जनताको सेवा गर्न चाहेका छन्। यसै सन्दर्भमा चुनाव प्रचार प्रसारमा रहेका पोखरेलसँग टेलिफोन मार्फत हिमाल दैनिकले गरेको कुराकानीको सम्पादित अंशः

तपाइको उम्मेदवारी केका लागि हो?

मेरो उम्मेदवारी समग्र प्यूठान जिल्लाको विकास निर्माण गरी आर्थिक समृद्धि हाँसिल गर्दै गरिव जनताको आर्थिक, सामाजिक, र शैक्षिक लगायत समग्र उन्नतीका लागि हो। म यो जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएर गएपछि यो मुलुकमा लगानी मैत्री वातावरणको निर्माण गर्दै बढी भन्दा बढी स्वदेशी र विदेशी लगानी मुलुकमा भित्र्याएर यो देशमा वेरोजगारीको शिकार भइरहेका युवा युवतीलाई रोजगारीको अवसर श्रृजना गर्नका लागि मेरो उम्मेदवारी हो।

अहिले चुनाव प्रचारका क्रममा जनता माझ जाँदा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ?

मैले मनोनयन दर्ता गरेदेखि आजसम्ममा जिल्लाका सबै स्थानीय तहका सम्पूर्ण वडासम्म पुगेँ। यसरी वडा वडा र मतदाताको घरघरसम्म पुग्ने क्रममा धेरै जनतासँग मेरो प्रत्यक्ष सम्पर्क भयोे। मतदाताहरुसँगको सम्पर्क र सम्वादका क्रममा उहाँहरुकोे मुख्य चाहना र आवश्यकता भनेको यो जिल्लाको विकास निर्माण र उन्नतीका सवालमा बढी चिन्तित र गम्भिर भएको पाँए। हुनत् यहाँ भएकार पाँचवटा वामपन्थी राजनीतिक दलमध्ये तीनवटा वामपन्थी दलहरुको गठबन्धनका उम्मेदवार पनि यहाँ छन्। तर, वामपन्थी दल र त्यीनका उम्मेदवारहरुले सँधैै क्रान्ति र परिवर्तनका गीत धेरै गाएँ पनि जिल्लाको विकास निर्माण र जनताको आवश्यकतामा कहिल्यै ध्यान नदिएको गुनासाहरु मतदाताले सुनाए। तर मैले यहाँ अरु राजनीतिका कुरा भन्दा जिल्लामा आवश्यक विकास निर्माणको कुरा गरेको कारण आम मतदाताले यसपटक मलाई नै मत दिएर विजयी बनाउने आश्वासन पाएको छु।

प्यूठान भनेको धेरै पहिलेदेखि नै वामपन्थी नेताहरुको रवाफ र प्रभाव रहँदै आएको ठाउँमा अहिले फेरि वामगठबन्धन भइरहेको अवस्थामा त्यसलाई कसरी चिर्न सक्नु हुन्छ?

प्यूठान जिल्ला वामपन्थीहरुको किल्ला हुनु नै यस जिल्ला र जिल्लावासीका निम्ति बडो दूर्भाग्यपूर्ण भएछ। जिल्लाका गाउँ गाउँको भ्रमण पछाडि अहिले थाहा भयोे कि वामपन्थीहरुको किल्लाको रुपमा पचिचित प्यूठान जिल्ला देशभरीमा सबै भन्दा बढि बालबिबाह हुने जिल्लाको रुपमा रहनु, सबैभन्दा बढि अपाङ्गता भएका शिशुहरु जन्मिनेदेखि बिचैमा बालबालिकाले स्कूल छाड्ने र सबैेभन्दा बढी आत्महत्या गर्नेको जिल्लाको रुपमा दर्ज हुनु बडो दूर्भाग्य र चिन्ताको विषय भएको छ।

२००५ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोेइरालाले योे देशमा बहुलबादमा आधारित संसदीय लोकतान्त्रिक शासन व्यवस्था कायम गरी मुलुकको संमृद्धिका लागि समाजवाद र नागरिकको शासन हुनु पर्दछ भन्नु भएको थियो। तर, त्यसयताका समयमा नेपालमा थुप्रै वामपन्थी समूह र नेताहरु जन्मिएर पनि उनीहरुले यो मुलुकको राजनीतिलाई सहि दिशा दिन सकेनन्। तर अहिले कांग्रेसकै नेतृत्वमा उनै बिपिले परिकल्पना गरेको राजनीतिक दर्शन र सिद्धान्तका आधारमा नयाँ संविधान निर्माण भएकोे छ। जनताका प्रतिनिधि मार्फत संविधान निर्माण भएपछि अब राजनीतिक मुद्दाले निकास पाएको छ। अब सबै दल र जनताको सामू विकास र आर्थिक संमृद्धिको एजेण्ड बाहेक अरु विषय छैन। यसैले अब पनि नेपाली कांग्रेसकैे नेतृत्वमा मुलुकमा लगानी मैत्री वातावरणको निर्माण गरी रोजगारी र निर्माणको माहाल श्रृजना गर्नु छ। जसका लागि यो जिल्लाबाट म प्रतिनिधित्व गरेर अगाडि बढ्न चाहन्छु।

वामपन्थीहरुको किल्लासँगै बालबिबाह, आपाङ्ग लगायतको बाहुल्यता भएको प्यूठानलाई तपाई थप के कुराले परिचित गराउन चाहनु हुन्छ?

प्यूठान जिल्ला र यहाँका जनताहरु शिक्षित, चेतनशील, आर्थिक रुपमा संमृद्ध र मध्यपश्चिमकै विकसीतत जिल्लाको रुपमा अगाडि बढाएर यसको पुरानो नकरात्मक परिचय बदल्दै नयाँ परिचय दिने मेरोे लक्ष्य र उद्देश्य रहेको छ। नेपालकोे चर्चित स्वर्गद्धारी महाप्रभुको तपोेभूमि पनि प्यूठान नै हो। यहाँको नौमुरे जलविद्युत आयोजनासँगैे पहाडमा पनि हरियाली कृषियोेग्य फाँट भएको संमृद्ध जिल्लालाई विकासको नयाँ नमूना जिल्लाको रुपमा चिनाउन चाहन्छु।

विगतकोे मतपरिणामसँगै तपाईकोे दलको सांगठनिक आधारमा कमजोर रहेकोे प्यूठानमा तपाईको जित्ने आधार के हो?

विगतमा जे जस्ता परिणाम आए त्योे सबै सधैँ कायम नै रहन्छ भन्ने छैन्। त्यसमा पनि स्थानीय तहमा परेको भोटका आधारमा हेरेर अहिले प्यूठानमा कांग्रेस कमजोेर स्थितिमा छैन्। किन भने यहाँका जनता चेतनशिल छन्। उनीहरु विभिन्न पार्टीको विचार र सिद्धान्तका आधारमा भन्दा पनि समग्र जिल्लाको विकास निर्माण कसरी र कसले गर्न सक्छ भन्ने विषयमा केन्द्रीत छन्। उनीहरुले अहिले प्यूठानको पहिचान फेर्न सक्ने सवल, सक्षम र योग्य प्रतिनिधि चाहिरहेका छन्। जसले योे जिल्लाको मात्रै नभइ समग्र देशको विकास र उन्नतीको प्रगतिका लागि नविन योजनासहितको खाका कोर्न सक्छ। जसले आफ्नो व्यक्तिगत प्रभावमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्दै सिंगो मुलुककै मुहार फेर्न भूमिका खेल्न सक्ने नेतृत्व चाहिरहेका छन्। जनताको विकास र संमृद्धिको चाहना नै मेरो चुनाव जित्ने बलिया आधार हो।

वाम गठबन्धनभित्र पनि टिकटको विषयलार्य लिएर बढेको असन्तुष्टिलाई पनि तपाईले आफ्नो पक्षमा पार्नसक्ने कत्तिको सम्भावना रहेकोे छ?

वाम गठबन्धनको कुरा बाहिर भनिएपनि यस जिल्लाका तीनथरी वामपन्थी नेता कार्यकर्ताहरु उनीहरुको फरक फरक विचार र आस्थाका आधारमा तीन तिर फर्किएका छन्। केन्द्रमा भएका तालमेल र गठबन्धन कृतिृम हो भन्ने उनीहरुलाई लागेको छ र तल्लो तहका वामपन्थी नेता कार्यकर्ताले यो तालमेललाई मन पराएका छैनन्। त्यसको फाइदा पनि हामीलाई हुने सम्भावना रहेको छ।

मतदाताहरुसँग तपाईले के कस्ता बाचा गर्नु भएको छ?

मैले राजनीतिको मुद्दा भन्दा अबको आवश्यकता भनेको नयाँ संविधानको पूर्ण कार्यान्वयन मार्फत संमृद्ध, विकासित र चेतनशील समाजको विकास गर्न चाहेको छु। जहाँ वेरोजगारको समस्याले ग्रस्त हाम्रा सम्पूर्ण युवायुवतीहरुलाई विभिन्न स्वरोजगारका अवसर र शिपको विकास गर्दै उनीहरुलाई आफ्नै खुट्टामा उभिन सक्ने स्वावलम्बि नागरिककोे पहिचान दिने बाचा गरेको छु। जसको आधारमा मतदाताहरु दिनप्रतिदिन म र मेरो कार्ययोजनाप्रति आकर्षित भएको पाएको छ।

 

04/12/2017, 03: 52: 08 मा प्रकाशित
15172 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]