Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

कालो धनलाई सेतो बनाउने विषयमा ओलीको भनाइप्रति महतको आपत्ति

हिमाल दैनिक
काठमाडाैं, माघ १६
कालो धनलाई सेतो बनाउने विषयमा ओलीको भनाइप्रति महतको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुचित रहेको भन्दै त्यसमा संशोधन गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन्।

नयाँ जनादेशका आधारमा मुलुकको भावी प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ओलीले सोमबार पार्टी मुख्यालय धुम्ब्रबाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै जुनसुकै स्रोतबाट भएपनि लुकाएर राखेको पैसा लगानीका रुपमा बाहिर आउँछ र मुलुकको आर्थिक गतिविधिमा सक्रिय हुन्छ भने शुद्धिकरण ऐनका नाममा रोक्न नहुने तर्क गरे।

ओलीले दिएको उक्त अभिव्यक्तिलाई पूर्वअर्थमन्त्री एवं कांग्रेसका नेता रामशरण महतले हचुवाका भरमा आएको हल्का टिप्पणीको संज्ञा दिए। ओलीको भनाइ बमोजिम सरकार अघि बढेमा यसले मुलुकको वित्तिय अनुशासन भंग गर्दै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा समाप्त पार्ने दाबी अर्थविद समेत रहेका महतले गरे। प्रस्तुत छ ओलीको पछिल्लो अभिव्यक्तिका विषयमा रामशरण महतसँग हिमाल दैनिकले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन नै अव्यवहारिक भएको भन्दै त्यसमा संशोधन हुनु पर्ने अभिव्यक्ति दिनुभयो। यसलाई यहाँले कसरी लिनु भएको छ?

ओलीजीले दिएको अभिव्यक्ति मैले पनि सुने। उहाँले दिएको अभिव्यक्ति सुन्दा उहाँलाई सम्पत्ति शुद्धिकरण निवारण ऐनको पृष्ठभूमिबारे केहि जानकारी छ जस्तो मलाई लाग्दैन।

उहाँले सजिलैसँग भन्नु भयो कि, लुकेको धनलाई सफेद बनाउने मौका दिनुपर्छ। उहाँले दिएको यो टिप्पणी ज्यादै हल्का र हचुवा ढंगबाट आएको जस्तो छ। वास्तवमा सम्पत्ति सुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन नेपालमा कार्यान्वयनमा रहेको छ। अब कालोधनलाई सेतो बनाउने विभिन्न तरिकाहरु छन्। अबैध तरिकाबाट मानिसहरुले जम्मा गरेको कालो धन सेतो नबनाउनको लागि पनि नेपालमा सम्पत्ति शुद्धिकरण कानुन बनाइएको हो।

ओलीले भनेजस्तो यो मुलुकको अहितमा थियो भने, त्यो कानुन किन बनाइएको?

त्यो मनी लाउन्डरिङ्ग कानुन हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिवद्धताका आधारमा बनाएका हौँ। यो कानुन नहुँदा यसका लागि हामीमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो दवाव पनि थियो। नेपाल एशिया प्यासिफिक फाईनान्सियल एक्सन टाक्सफोर्स (कार्यदल)को सदस्य छ।

त्यो कार्यदलको सदस्यको हैसियतले हाम्रा कतिपय प्रतिवद्धताहरु छन्। एसिया प्यासिफिक क्षेत्रमा एन्टी मनी लाउन्डरिङ्ग गतिविधिलाई कसरी समाप्त गर्ने भन्ने बारेमा विभिन्न समयमा छलफल भएको छ। हामीले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिएर प्रतिवद्धता पनि व्यक्त गरेका छौं।

अन्तर्राष्ट्रिय मापदन्ड बमोजिमको कानुन नेपालमा बनेको छ। त्यो कानुन लागुभएको छ कि छैन भन्ने कुरामा बेलाबेलामा मूल्यांकन पनि भइरहेको हुन्छ। पहिलो र दोस्रो मूल्यांकन भइसक्यो र फेरी अर्को मूल्यांकन तेस्रो पटक हुन बाँकी छ। यसलाई कडाईका साथ लागू नगर्ने हो भने हाम्रो अन्तर्राष्ट्रिय प्रतिष्ठा समाप्तै हुन्छ।

यो कानुन नहुँदा के असर पार्दछ र?

नेपालमा यो मनी लाउन्डरिङ्ग एक्ट (कानुन) पास भएन वा यो कानुन भएपनि कार्यान्वयन भएन भने हामीले हाम्रा कुनै पनि बैंक तथा वित्तिय संस्था मार्फत एल्सी खोल्न सक्दैनौं। नेपाली बैँकले एल्सी खोलेपनि त्यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कुनैपनि मुलुकले स्वीकार नगर्ने अवस्था आउँछ। त्यसकारण हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो हैसियत कायम राख्नको लागि पनि यो कानुनलाई लागू गर्नुपर्ने बाध्यता छ।

यहाँ सम्मकी यो कानुन हामीले संसदबाट पारित नगर्दा हाम्रा राजदुतलाई समेत मर्का परेको थियो। अमेरिकाले नेपाली राजदूतको बैंक खाता नै फ्रिज गरीदिएको थियो। उनको क्रेडिट कार्ड नै नचल्ने बनाई दिएको थियो। त्यसको मूल कारण यो विधेयक पास नहुँदाको परिणाम थियो।

त्यसकारणले यो मनी लाउन्डरिङ्ग भनेको करमा तिरेको रकममात्र हैन। भ्रष्टाचारको रकम पनि हुन सक्दछ। ड्रग (लागू औषध कारोबार)बाट जम्मा गरेको पैसा पनि हुनसक्दछ। जनुसुकै काम वा चोरीबाट पनि हुनसक्दछ। त्यस्तो अबैध धनलाई सजिलैसँग छुट दिने हो भने, वित्तिय अराजकताको स्थिति आउँछ। अन्तर्राष्ट्रिय क्षेत्रमा हामी कालो सूचीमा पर्नसक्छौ। त्यस कारणले यस्तो गम्भिर विषयमा बोल्दा धेरै सोच बिचार गर्नुपर्छ ।

तर झण्डै दुई तिहाई बहुमतसहित सरकार बनाउन लागेका एमाले अध्यक्ष ओलीले चाहे भने त यो ऐन संशोधन गर्न सक्छन्। त्यो अवस्था आए के होला?

कसैले गर्छु भन्दैमा यो गरिने कुरा होइन। मैले अघि पनि भने, त्यस्तो अवस्थामा विदेशी बैँकहरुले नेपालको एल्सी पनि स्वीकार नगर्ने स्थिति आयो भने के होला? तपाई आफै कल्पना गर्नुहोस्। वैदेशीक व्यापारमा प्रभावपर्छ। मुलुकमा लगानी आउँदैन। अहिलेको संसार त ग्लोबलाईज युगमा छ। विश्वका अधिकांश मुलुकसँग हाम्रो घनिष्ठ सम्बन्ध छ। आर्थिक सम्वन्ध छ, वित्तिय सम्वन्ध छ। अहिलेको ग्लोवल युगमा हामी एक्लै भएर बस्छौँ, भनेर हामी भन्न त सक्दैनौ नि। हामी वित्तिय रुपमा कालो सूचीमा पर्छौ।

ओलीले एकचोटी भएपनि लुकेको धन लगानीका लागि अवसर दिएर मुलुकको अर्थतन्त्र मजबूद बनाउने कुरा गरेका हुन कि?

अब उहाँले त्यो बुझेर भन्नुभयो कि नबुझेर भन्नुभयो, हल्का ढंगले भन्नुभो कि त्यो उहाँले नै भन्ने कुरा हो। मैले त के भनेको छु भने मनी लाउन्डरिङ्ग सम्बन्धी कानुन हामीले पास गरेको हो र त्यो कडाइकासाथ लागू हुनु पर्दछ। अब ओलीजीले त्यसलाई कसरी व्याख्या गरे या उनले के भने भन्ने कुराको म चर्चा गर्न चाहँदिन। तर ओलीजीले जे भनिरहनु भएको छ, त्यो ठिक होईन, सरासर गलत हो।

 

30/01/2018, 05: 17: 43 मा प्रकाशित
15413 पटक पढीएको

राजनीति

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नयाँ संविधान अनुरुप मुलुकमा आएको राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै कांग्रेत नेता गच्छदारले भने, ‘मुलुकमा यति ठूलो परिवर्तन आएपछि त्यो परिवर्तनलाई स्थायी र संस्थागत गर्ने राजनीतिक दृष्टिकोणसहितको नीति तथा कार्यक्रम […]

बिचार

संविधान लेख्नेक्रममा नै हामीले समाजमा विभेद र शोषण छ भन्ने मान्यता राख्यौँ। त्यसैको आधारमा संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गर्यौँ। तीन वर्षभित्र त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन बनाउँछौ पनि भन्यौँ। अर्थात समाजमा विभेद छ र त्यसको अन्त्य गर्न जरुरी छ। विभेद जातबाट पनि छ, मातृभाषा, भेष, संस्कृति र भूगोलबाट पनि छ भनि संविधानको प्रस्तावनामा […]

प्रवास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाईसमेत हुनसक्ने बताउनुभएको छ । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जाइनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताउनुभएको हो । उत्तर कोरियाले निश्चित सर्तहरु पूरा […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अन्तरिम व्यवस्था भएकाले एकीकृत पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या नपुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल । तस्बिर स् कबिन अधिकारी दुई दल मिलेर बनेको ४ सय ४१ सदस्यीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेको र यो राजनीतिक दलसम्बन्धी […]

लोकप्रिय

सबै वर्ग, क्षेत्र, लिंग र समुदायको हितका पक्षमा काम गर्ने नारा दिँदै आएका दुई वामपन्थी दलको एकतापछि बनेका उक्त पार्टीले दल दर्ता गर्दा नाममा मात्रै विवादित भएको छैन, केन्द्रीय संरचना तय गर्दा समेत आफैँले बनाएका ऐन कानुनको पालना गर्न सकेको छैन। दल दर्ता सम्बन्धी ऐनको दफा ९ बमोजिम कुनै पनि दलको नाम, झण्डा र चुनाव […]