दलहरूले प्राप्त गरेको सिट संख्या सर्वजनिक गर्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दलहरूले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गर्दै छ ।

सिट सख्या सार्वजनिक गरेर आजै आयोगले राजनीतिक दलहरुलाई तीन दिनको समय दिएर समानुपातिकमा विजयी उम्मेद्वारको नाम माग्ने तयारी पनि गरेको छ । यसअघि एकसाताको समय दिइने भए पनि निर्वाचन आयोगले कार्यविधि संशोधन गरेर तीनदिन बनाएको हो ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरुलाई नाम सिफारिस गर्न २९ गतेसम्मको समय दिइने तयारी छ । त्यसपछि दुई दिन नाम सच्याउनुपर्ने अवस्था भएमा सच्याउन समय दिइने आयोगले जनाएको छ ।

संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नहुन्जेल संघीय संसदले पूर्णता नपाउने अडान राख्दै आएको थियो । राष्ट्रिय सभाको निर्वाचन सकिएपछि आयोगले प्रतिनिधिसभामा सिट बाँडफाँट गर्न लागेको हो ।