Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

सडक निर्माणको काम समयमै नसके कार्वाही गर्ने मुख्यमन्त्रीको चेतावनी

सडक निर्माणको काम समयमै नसके कार्वाही गर्ने मुख्यमन्त्रीको चेतावनी

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडकको निरीक्षण गरेका छन्।

यो सडक खण्ड राजधानी काठमाडौंलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो। तर काम समयमै नसकिदा दिनहुँ हजारौ यात्रुले हैरानी ब्यहोरिरहेका छन। मुख्यमन्त्री पौडेलले समयमा काम सक्न अधिकारीहरुलाई निर्देशन दिए।

‘व्यवस्था बदलियो। देशले संघीयताको अभ्याससमेत सुरु गर्‍यो। तर निर्माणको जिम्मा लिएका व्यवसायी र आयोजनाका अधिकारीहरुले काम गर्ने शैली फेरेका रहेनछन् भन्ने उदाहरण यो सडकको हालत हेरे थाहा हुन्छ’ मुख्यमन्त्री पौडेलले भने। उनले राजधानीको लाइफ लाईनको रुपमा रहेको यो सडकको काम चाडो सक्न र नसके कारवाही गर्ने चेनावनी दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

हाल साढे पाँचदेखि केही ठाउँमा सात मिटरसम्म चौडा रहेको नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाइदै छ। विश्व वैंकको करिब तीन अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको उक्त सडक अब नौदेखि ११ मिटरसम्म चौडा हुने छ।

दुई वर्षभित्र काम सक्ने भनेर सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो। तर पटक पटक म्याद थप्दै आएको उक्त सडक खण्डको अहिलेसम्म ७५ प्रतिशत मात्रै काम पुरा भएको छ।

समयमा काम पुरा नभएपछि तीन पटक म्याद थप भइसकेको छ। पछिल्लो पटक थपेको म्याद यो साता सकिदैछ। तर काम पुरा नहुने भएपछि आउँदो मे ३० अर्थात मध्ये जेठसम्म म्याद थप्ने तयारी रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले मुख्यमन्त्री पौडेललाई बताए। मुख्यमन्त्री पौडेलले उक्त समयभित्र काम सकिने ग्यारेन्टी के छ भनेर प्रतिप्रश्न गरेका थिए।

14/02/2018, 05: 08: 28 मा प्रकाशित
97 पटक पढीएको

राजनीति

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गर्नुभएको छ । बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । जिल्लाको सबै ठाउँमा असिनाका कारण बालीनालीमा भएको क्षति, बाढी पहिरोबाट भएको क्षति लगायत विवरण स्थानीय प्रशासनमार्फत् छिटो […]

बिचार

सबैले बुझ्ने परिभाषामा राज्य सत्ताप्रतिको अन्धसमर्पणको अवस्था नै अधिनायकवाद हो। पछिल्लो चरणमा सरकारका गतिविधिलाई ध्यानमा राख्ने हो भने राज्यका सबै संयन्त्र सत्ताअधिनस्त र अन्धसमर्पण नै हुनुपर्छ भन्ने सञ्चालकको आग्रह देखिन्छ। पहिलो, प्रधानमन्त्री केपी शर्मा ओलीमा के देखिन्छ भने, ‘हामीले अत्यन्त ठूलो मतबाट चुनाव जित्यौं, केन्द्रदेखि प्रदेशसम्म हाम्रै सरकार छ, संविधानलाई जतिखेर चाह्यो त्यतिबेलै र जसरी चाह्यो त्यसैगरी बदल्न […]

प्रवास

साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको थियो । भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो । उहाँका विश्व चर्चित पुस्तकहरुमा “ए हाउस फर मिस्टर विश्वास” र बुकर पुरस्कार विजयी “इन अ […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किए अब नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ। रुकुम (पूर्व) र (पश्चिम) का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले […]

लोकप्रिय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उहाँले आएका गुनासोलाई सम्बोधन गरिने आश्वासन दिनुभयो । अध्यक्ष दाहालले सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन […]