Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

कङ्गोमा दुई जातिबीचको झडपमा १३ जनाको मृत्यु

किन्सासा, फागुन २
कङ्गोमा दुई जातिबीचको झडपमा १३ जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यहाँका दुई फरक जातिबीच भएको झडपमा परी बुधबार १३ जना स्थानीयको ज्यान गएको समाचार छ ।

कङ्गोको इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच सो झडप भएको थियो । त्यसमा परी १३ जनाको ज्यान गएको एकजना प्रान्तीय अधिकारीले जनाएका छन् ।

यसअघि पनि गतहप्ता मात्र यी दुई जातिका बीचमा भएको यस्तै अन्तरजातीय भगडाका कारण २६ जना मारिएका थिए । त्यसपछि बुधबार फेरि यी दुई बीच ठूलो झडप भएको बताइएको छ ।

यस क्षेत्रमा विभिन्न जातिका बीचमा यसरी नै समय समयमा झडप हुने गरेको छ । जसका कारण यहाँ एकले अर्काे जातिको हत्या गर्ने गरेका छन् । यसबाट केही वर्षयता मात्र पनि हजारौँ नागरिक मारिएका छन् ।

यो र यसै क्षेत्रको वरिपरि रहेका जिल्लाहरुमा एकले अर्काे जातिमाथि आक्रमण गर्ने गरेका र यस्ता आक्रमणहरुपछि घर टहराहरूमा नै आगो लगाउने पनि गरेका छन् ।

गत हप्ता र बुधबारको यो झडपमा कैयौँ नागरिकको ज्यान गएपछि अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ ।

उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको हिंसात्मक द्वन्द्व कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए । यहाँ अहिले पनि समय समयमा जातीय कलह फैलिने गरेको पाइन्छ । रासस

14/02/2018, 04: 59: 35 मा प्रकाशित
223 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]