Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

एमाले-माओवादी एकता टुंगोे लगाउन ओेली-दाहाल गोप्य बैठकमा

हिमाल दैनिक
काठमाडाैं, फागुन २
एमाले-माओवादी एकता टुंगोे लगाउन ओेली-दाहाल गोप्य बैठकमा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको विषयलाई टुंगो लगाउन दुई दलका प्रमुख नेताहरुबीच वार्ता चलिरहेको छ।

अपरान्ह साढे तीन बजेदेखि ललितपुरको मानभवनस्थित एक व्यापारीको घरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै गोप्य वार्ता भइरहेको छ।

माओवादी अध्यक्ष दाहाल निकट मानिने व्यापारी तथा उनलाई खुमलटारको निवास उपलब्ध गराउने व्यापरी शारदाप्रसाद अधिकारीको निवासमा चलिरहेको दुई नेताबीचको वार्ता टुंगो लागेपछि दुई पार्टीको एकता संयोजन समितिको बैठक बस्न समितिका सदस्यहरु बाहिर कुरिरहेका छन्।

एमालेका एक नेताका अनुसार, सम्भवत् आजै दुई अध्यक्षबीच हुने सहमतिका आधारमा संयोेजन समितिले एकताको विषयमा टुंगो लगाउन थप गृहकार्यसहितको सम्झौता पत्र तयार पार्ने छ।

यसअघि आजै एमाले अध्यक्ष ओलीले एमाले स्थायी समिति बैठकमा र माओवादी अध्यक्ष दाहालले माओवादी केन्द्रीय सचिवालयका नेताहरुसमक्ष अहिलेसम्म एकताको प्रयासमा भएगरेका प्रगिति विवरणबारे जानकारी गराएका थिए।

अध्यक्षद्धयले राखेका धारणालाई दुबै दलका उच्चतहका समितिले अनुमोदन गर्दै तत्काल एकताका लागि जिम्मेवारी दिएको थियो।

स्रोतका अनुसार, तत्काल पार्टी एकीकरण पश्चात नयाँ बन्ने पार्टीकाे नाम नेपाल कम्युनिष्ट पाटी राख्ने र दुबै अध्यक्ष पार्टीकोे सहअध्यक्षका रुपमा रहने र प्रधानमन्त्रीमा पहिलो आधा कार्यकाल ओली र त्यसपछि दाहालले नेतृत्व गर्ने सहमति बनेकोे छ।

त्यसैगरी पार्टी एकीकरण भएको साढे दुइवर्षभित्र एकता महाधिवेशन गर्ने र त्यो बीचमा एमालेले अगांल्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको २१औं शताब्दीको नौलो जनवादका विषयमा सैद्धान्तिक बहस चलाउँदै अधिवेशनबाटै टुंगो लगाउने सहमति बनेको छ।

हाल दुबै पार्टीको केन्द्रीय तहमा रहेका पदाधिकारीहरुको समायोेजनमा देखिएको कठिनाइका कारण पार्टीमा अन्य पदाधिकारी नराख्ने र केन्द्रीय समितिमा पनि दुबै पार्टीका शीर्ष नेताहरुलाई मिलाएर बढिमा ९९ जनाको समिति बनाउने सहमति भएको छ।

14/02/2018, 06: 20: 05 मा प्रकाशित
186 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]