Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २ फागुन
राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन र उजिल्याउने काम गरेबापत उहाँलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उहाँको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो । राष्ट्रकवि घिमिरेलाई उहाँको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो । विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मनुभएको राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ ।

उहाँका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…’लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन÷प्रशारण भएका छन् । सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, पूर्वप्रधानन्त्रीहरु, सरकारका उच्च पदस्थ अधिकारीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाकोे इतिहास र वीरगाथा झल्कने वृत्तचित्र, गणेशबन्दना र सैनिक प्रण प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालको विविधता झल्कने तामाङसेलो, शेर्पा, कौडा, मगौटा, झ्याउरे, हुडकेली, राष्ट्रिय र आधुनिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । रासस

14/02/2018, 08: 08: 12 मा प्रकाशित
119 पटक पढीएको

राजनीति

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकार र त्यका मन्त्रीहरुको कारण संसदको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आफू संसदको बैठक पूर्वनिर्धारित समयमै गराउनेबारे गम्भिर भएपनि समयमै बैठक सुरु नहुनुमा सरकारको सदनमा उपस्थिति नहुँदाको समस्या भएको भन्दै बिहीबारको बैठकमा महराले सरकारको ध्यानाकर्षण गराएका हुन। त्यसैगरी संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा […]

बिचार

संविधान लेख्नेक्रममा नै हामीले समाजमा विभेद र शोषण छ भन्ने मान्यता राख्यौँ। त्यसैको आधारमा संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गर्यौँ। तीन वर्षभित्र त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन बनाउँछौ पनि भन्यौँ। अर्थात समाजमा विभेद छ र त्यसको अन्त्य गर्न जरुरी छ। विभेद जातबाट पनि छ, मातृभाषा, भेष, संस्कृति र भूगोलबाट पनि छ भनि संविधानको प्रस्तावनामा […]

प्रवास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाईसमेत हुनसक्ने बताउनुभएको छ । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जाइनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताउनुभएको हो । उत्तर कोरियाले निश्चित सर्तहरु पूरा […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अन्तरिम व्यवस्था भएकाले एकीकृत पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या नपुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल । तस्बिर स् कबिन अधिकारी दुई दल मिलेर बनेको ४ सय ४१ सदस्यीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेको र यो राजनीतिक दलसम्बन्धी […]

लोकप्रिय

सबै वर्ग, क्षेत्र, लिंग र समुदायको हितका पक्षमा काम गर्ने नारा दिँदै आएका दुई वामपन्थी दलको एकतापछि बनेका उक्त पार्टीले दल दर्ता गर्दा नाममा मात्रै विवादित भएको छैन, केन्द्रीय संरचना तय गर्दा समेत आफैँले बनाएका ऐन कानुनको पालना गर्न सकेको छैन। दल दर्ता सम्बन्धी ऐनको दफा ९ बमोजिम कुनै पनि दलको नाम, झण्डा र चुनाव […]