Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २ फागुन
राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन र उजिल्याउने काम गरेबापत उहाँलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उहाँको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो । राष्ट्रकवि घिमिरेलाई उहाँको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो । विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मनुभएको राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ ।

उहाँका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…’लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन÷प्रशारण भएका छन् । सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, पूर्वप्रधानन्त्रीहरु, सरकारका उच्च पदस्थ अधिकारीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाकोे इतिहास र वीरगाथा झल्कने वृत्तचित्र, गणेशबन्दना र सैनिक प्रण प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालको विविधता झल्कने तामाङसेलो, शेर्पा, कौडा, मगौटा, झ्याउरे, हुडकेली, राष्ट्रिय र आधुनिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । रासस

14/02/2018, 08: 08: 12 मा प्रकाशित
215 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]