Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेश

हिमाल दैनिक
काठमाडाैं, फागुन २
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेश

निर्वाचन आयोगले गत मंसिर महिनामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ।

गत मंसिर ४ गते र २१ गतेगरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक्ष तर्फ १ सय ६५ र समानुपातिक तर्फ १ सय १० गरी कूल २ सय ७५ जना नवनिर्वाचित सांसदहरुको नामावलीसहित निर्वाचनकोे प्रतिवेदन बुधबार साँझ आयोगले बुझाएको हो।

समानुपातिक तर्फ केहि दलहरुले पेश गरेको सूचिमा निर्वाचन ऐन र नियमावली बमोजिम नभएको भन्दैे आयोगले सूचि सच्याउन दिएको समय अपरान्ह ५ बजे सकिए लगत्तै निर्वाचन परिणामकोे प्रतिवेदन लिएर निर्वाचन आयोगका प्रमुख आयुक्त आयोधिप्रसाद यादव आयोगका पदाधिकारीसहित साँझ ८ बजे राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त प्रतिवेदन बुझाएका थिए।

निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइसकेको अवस्थामा संविधान अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले तत्काल प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक बोेलाउँदै नियम र प्रक्रिया अनुरुप ससदहरुलाई पद तथा गोपनीयताकोे सपथ दिलाउनु पर्ने छ।

त्यसपछि संसदमा बहुमत प्राप्त गर्न सक्ने राजनीतिक दलको सांसदलाई संविधानको धारा ६७ को २ बमोजिम नयाँ प्रधानमन्त्री पदमा नियुक्त गर्न सकिने छ।

यसअघि आयोेगले राष्ट्रिय सभामा निर्वाचित ५६ सदस्यको नामावलीसहितको प्रतिवेदन आयोगले राष्ट्रपतिलाई बुझाइसकेकोे छ।
संविधानको धारा ८६ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गोेपाल बस्नेत, कृष्णप्रसाद पौैडेल र चाँदनी जोशीकोे नाम अहिलेसम्म नियुक्त गरी निर्वाचनलाई पूर्णता दिने काम गरिरहेकी छैनन्।

राष्ट्रपति भण्डारीद्धारा तीन सदस्य मनोनयनका लागि भएकोे ढिलाई पछाडि वर्तमान सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रिय सभा सदस्य बन्न रोेकी आउने सरकारको सिफारिसमा बनाउने एमालेको योजना अनुसार राष्ट्रपतिले आलटाल गरेको आरोप सरकारमा रहेको दल नेपाली कांग्रेसले लगाएको छ।

14/02/2018, 08: 23: 38 मा प्रकाशित
817 पटक पढीएको

राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत […]

बिचार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा हामीले फरकमत राख्नुको कारण केदारभक्त माथेमाको संयोजकत्वमा बनेको चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ु ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा तत्कालिन एमाले र सत्ता साझेदार माओवादी केन्द्र समेत नमानेपछि कांग्रेसले २०७४ असोज ६ गते […]

प्रवास

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

जनआन्दोलन र सशस्त्र संघर्षको जगमा निर्मित अन्तरिम संविधान–०६३ ले मूलधारमा आउन वञ्चित वर्ग, क्षेत्र, लिंग, धर्मका समुदायलाई मूल प्रवाहमा ल्याउने संकल्प गर्यो। नेपालको इतिहासमै पहिलोपल्ट ल्याइएको त्यो व्यवस्थाको नाम थियो, समानुपातिक प्रतिनिधित्व प्रणाली। तर, दुर्भाग्य सामाजिक न्यायको जुन उद्देश्य प्राप्तीका लागि समानुपातिक प्रणाली भित्र्याइयो, केही दर्जन सभासद्का नाम छाड्ने हो भने बाँकी थुप्रै आशामुखीलाई शीर्षस्थमा […]

लोकप्रिय

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा […]