Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

नगरपालिकाको केन्द्र सार्ने विषयमा राैतहटमा झडप, १९ घाइते

गौर, रौतहट, २ फागुन
alt

वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् ।

विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो ।

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ र तीन स्थानीयवासी घाइते भएका छन् ।

नगरपालिकाको कार्यालय विश्रामपुरबाट साविक सबै गाविसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयवासीले बैठककक्षमै प्रवेश गरी अवरोध गर्न खोजेपछि झडप शुरु भएकोे प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

स्थानीयवासीले बैठकमा बसेका महिला तथा पदाधिकारीमाथि हातपात समेत गरेको नगर प्रमुख रामस्नेही यादवले बताउनुभयो । स्थानीयवासीको आक्रमणबाट पचासभन्दा बढी कुर्सी, झ्यालका सिसा, नगरपालिकाको निर्णय पुस्तिका नष्ट भएको नगर प्रमुख यादवले बताउनुभयो ।

स्थानीयवासी रामनाथ सहनीले कुनैपनि हालतमा नगरपालिकाको केन्द्र सार्न नदिने बताउनुभयो । नगरपालिकाको कार्यालय यथास्थानमै रहनुपर्ने माग गर्दै स्थानीयवासीले कार्यालय सार्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । रासस
–––

14/02/2018, 08: 38: 31 मा प्रकाशित
42 पटक पढीएको

राजनीति

अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा लागेको बताउनुभयो । क्यानडामा रहेका नेपालीहरुको […]

बिचार

नेपाली कांग्रेसको पुनर्यौवन-५ नेपाली कांग्रेसको पुनर्याैवन विषयलाई केन्द्रमा राख्दै हिमाल दैनिकले पछिल्लो समय नेपालको राजनीति र विशेष गरी यो पार्टीलाई नजिकबाट चिन्दै र विश्लेषण गर्दै आएका विभिन्न राजनीतिक विश्लेषकसँग बहस र विचार विमर्शको सुरूवात गरेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रखर विश्लेषक प्रदिप गिरीसँग गरेको कुराकानीमा आधारित विचारको सम्पादित अंशः

प्रवास

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको छ । एफबीआईले यी रुसी नागरिकले गैरकानुनी रुपमा अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएको हो । यीमध्ये तीन जनाले प्रविधिको सहायताले अरुको परिचय थाहा पाउने काम गरेको एफबीआईले बताएको छ । उनीहरुले हिलारी क्लिन्टनको कदलाई […]

अन्तर्वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुचित रहेको भन्दै त्यसमा संशोधन गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन्। नयाँ जनादेशका आधारमा मुलुकको भावी प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ओलीले सोमबार पार्टी मुख्यालय धुम्ब्रबाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै जुनसुकै स्रोतबाट भएपनि लुकाएर राखेको पैसा लगानीका रुपमा […]

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेको खबर आजको नागरिक दैनिकमा बालकृष्णअधिकारीले लेखेका छन्। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफैं बन्ने दाबी गर । […]

लोकप्रिय

काठमाडाै, ३ फागुन–  कृषियोग्य जमिन खण्डीकरण्क गरी घडेरीको रुपमा बिक्रीवितरण गर्न नपाउने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारको निर्णय सदर गर्दै खण्डीकरण कार्य रोक्ने फैसला गरेको हो अन्तरिम आदेशमार्फत रोकिएको सरकारको निर्णय कार्यान्वयनको बाटोसमेत खुलेको छ । कृषियोग्य जग्गा कुनै पनि पनि […]