Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

प्रदेश पदाधिकारीको यस्तो छ तलब र सुविधा

प्रदेश पदाधिकारीको यस्तो छ तलब र सुविधा

काठमाडौं, फागुन ५ – सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ । प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ । यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ ।

प्रदेश पदाधिकारीको सुविधा
मुख्यमन्त्री

तलब :६०९७०
फर्निचर :१५०००
धारा, सञ्चार :बिलअनुसार
आवास व्यवस्था, दैनिक भत्ता :२५ सय
सवारीसाधन

मन्त्री
तलब :५२०००
फर्निचर :१५ हजार
धारा, बिजुली र सञ्चार :बिलअनुसार
आवास :मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार
सवारीसाधन

सभामुख
तलब :५३ हजार
फर्निचर :१५ हजार
बैठक भत्ता :७५०
यात्रा बिमा :१० लाख

विपक्षी दलका नेता÷उपसभामुख
तलब :५० हजार
बैठक भत्ता :७५०
सञ्चार सुविधा :मासिक १५ सय
आवास सुविधा :मासिक १२ हजार
फर्निचर :१५ हजार
यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक
तलब :४५ हजार
आवास सुविधा :१२ हजार,
फर्निचर सुविधा १५ हजार पाँच
वर्षमा एकपटक, यात्रा बिमा १० लाख

17/02/2018, 05: 05: 09 मा प्रकाशित
53 पटक पढीएको

राजनीति

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]

बिचार

विधान मस्यौदा समितिले दुई वटा विषयमा राम्रो प्रस्ताव ल्याएको छ। पहिलो, यसले पार्टीका विभागको व्यवस्थापनसँगै अनुसन्धानमुखी बनाएर उनीहरूका गतिविधिहरूलाई पार्टीको नीति निर्माण प्रक्रियामा जोड्ने काम भएको छ। दोस्रो, पार्टीको संरचनालाई तल्लो तहसम्म विस्तार गर्न टोल समितिको अवधारणा अघि सारिएको छ। अबको कांग्रेसको संगठन विस्तारको केन्द्र टोल/टोल र माध्यमिक विद्यालय तथा कलेजलाई नै बनाउनुपर्छ। मुलुकमा जारी […]

प्रवास

भारतको पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)ले अनपेक्षित पराजय व्यहोर्नु पर्ने भएको छ। हिन्दी हार्टल्याण्डको रुपमा परिचित मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोराममा गतसाता सम्पन्न विधान सभा निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री मोदीको पार्टी र त्यसको नेतृत्वमा रहेको महागठबन्धन पराजित हुने लगभग पक्का भएको छ। सन […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ। आजको अन्नपूर्ण पोष्टमा […]

लोकप्रिय

निर्धारित मितिमै हुन्छ वा हुन्न भन्ने अन्यौलतालाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई महासमिति बैठकको चटारोले झपक्कै छोपेको छ। आजदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देशभरीबाट आएका महासमिति सदस्यहरुको भिडले पार्टी मुख्यालय सानेपा भरिभराउ थियो। गत निर्वाचनमा देशभरी पराजयको पिडाले विच्छिप्त भएका कांग्रेस नेता कार्यकर्ता पार्टी कार्यालयमा पुगेर देशभरीका नेता कार्यकर्तासँग एकआपसमा भेटघाट […]