Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

पोखरीमा डुबेर मृत्यु

राजविराज, फागुन ६
पोखरीमा डुबेर मृत्यु

सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ

18/02/2018, 02: 18: 49 मा प्रकाशित
117 पटक पढीएको

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्नुभएको थियो […]

बिचार

सरकारका मन्त्रीहरुले बजेट विनियोजन गर्दा विवेक गुमाएर संविधान विपरित आफ्नो जिल्ला, क्षेत्र र वडामा मात्रै केन्द्रित विकास कार्यक्रम गरेको भन्दै सत्तारुढ दलकै सांसदले सरकारद्धारा वितरित विनियोजन विधेयक सम्बन्धित मन्त्रीलाई फर्र्काएका छन्। सम्भवत् नेपालको संसदीय इतिहासमै पहिलो पल्ट सत्तारुढ दलकै सांसदले सरकारको विकास कार्यक्रमप्रति घोर आपत्ति जनाउँदै मन्त्रीहरुमाथि आक्रोस पोखिएको यो पहिलो उदाहरण हो। सञ्चार तथा […]

प्रवास

साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

काठमाडौंं : प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा प्रमुख मुद्दा रहेको चिनियाँ लगानी भिœयाउने विषय सोचेजस्तो सहज छैन। चीनमा उत्रेपछि प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गर्न कुनै कसर बाँकी राखेनन्। असार ५ गते बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चिनियाँ लगानी गर्न रातो कार्पेट बिच्छाए। कार्यक्रममा उनले लगानी सुरक्षाका विषयमा आश्वस्त बनाउन खोजे। […]

लोकप्रिय

स्पेनका क्याप्टेन सर्जियो रामोशले अर्जेन्टिनाका पूर्व स्टार खेलाडी डियोगो म्याराडोनाको चर्को आलोचना गर्दै लियोनल मेसीको प्रशंसा गरेका छन्। रसियामा जारी विश्वकप लिग खेलमा इरानलाई १ ० गोल अन्तरले पराजित गरेपछि बुधबार राती संचारमाध्यमसँगको संक्षिप्त प्रतिक्रिया दिँदै रामोसले म्याराडोना भन्दा लियोनल मेसी नै अर्जेन्टिनाको इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरे। अर्जेन्टिनाका खेलाडी मेसीको क्षमतासँग ५७ वर्षिय […]