Phone: +977 - 9841338823
Connect with us:

रसिया सरकारद्वारा २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन

काठमाडौं, चैत ४
रसिया सरकारद्वारा २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन

पूर्व रसियाली गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव चुलिरहँदा रसियाले २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गरेको शनिबार रसियाली विदेश मन्त्रालयले जनाएको छ ।

रसियाले उही विवादका कारण रसियास्थित एक बेलायती महाबाणिज्यदूतावासलाई पनि बन्द गर्न निर्देशन दिने निर्णय गरेकोे छ । विदेश मन्त्रालयको यो निर्णय सम्भवत आइतबार हुने रसियाली राष्ट्रपतिको निर्वाचनपछि मार्च १८ गते रसियाली शक्तिशाली नेता भ्लादिमिर पुटिनलाई कार्यान्वयनका लागि अनुमोदन गर्न पेश हुनेछ ।

रसियाका लागि बेलायती राजदूत लौरी ब्रिस्टोसँग भएको कूटनीतिक वार्तापछि रसियाली विदेश मन्त्रालयले मस्कोस्थित बेलायतको दूतावासका कूटनीतिक कर्मचारीलाई आफ्नो मुलुकमा प्रवेश गर्न वा रहन प्रतिबन्धित विदेशी व्यक्तिका रुपमा घोषणा गरिएको जानकारी गराएको हो ।

रसियाली विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “पूर्व रसियाली गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव बढेपछि बेलायती कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको छ । उनीहरूले एक साताभित्र रसियाबाट बाहिरिनु पर्नेछ ।”

मार्च ४ मा पूर्व रसियाली गुप्तचरमाथि भएको हमलामा रसियाको संलग्नता रहेको बेलायत सरकारले आरोप लगाएको छ । यसअघि बेलायतले पनि २३ रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

पछिल्लो विवादको केन्द्रविन्दु अर्थात् हमलामा घाइते भएका पूर्व रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलिया अहिले पनि अस्पतालमा उपचार गराइरहनु भएको छ । उहाँहरूको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ ।रासस

18/03/2018, 10: 14: 36 मा प्रकाशित
234 पटक पढीएको

राजनीति

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान सभाले नयाँ संविधान लेख्ने बेलामा नेपालका ठूला ठूला हिन्दु धर्मावलम्बी र धार्मिक गुरुहरु मौन बसेको कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुगेको दाबी गरेका छन्। फागु पर्वको अवसरमा बुधबार टोखास्थित आफ्नै निवासमा शुभकामना आदनप्रदानका लागि आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालको संविधानमा भर्म निरपेक्षता लेखिँदा त्यी […]

बिचार

सरकारका र सिके राउतबीच भएको ११ बुँदे सहमति नेपालको संविधान र नेपाली जनताको भावना विपरित रहेको दाबी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले सच्याउन माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले पृथकतावादी मुद्दा बोकेर हिँडेका सिके राउत र उनको संगठनसँग सम्झौता […]

प्रवास

भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । यस असहज […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । यो समाचार कृष्ण ज्ञवाली र स्वरुप आचार्यले कान्तिपुरमा लेखेका छन् । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका […]

लोकप्रिय

शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु […]