Phone: +977 - 9841338823
Connect with us:

मेयरविरुद्ध उपमेयर अनशनमा

मेयरविरुद्ध उपमेयर अनशनमा

जनकपुर, ६ चैत – आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन् ।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी छिन्, नयाँ पत्रिकामा खबर छ ।

20/03/2018, 07: 05: 50 मा प्रकाशित
146 पटक पढीएको

राजनीति

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान सभाले नयाँ संविधान लेख्ने बेलामा नेपालका ठूला ठूला हिन्दु धर्मावलम्बी र धार्मिक गुरुहरु मौन बसेको कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुगेको दाबी गरेका छन्। फागु पर्वको अवसरमा बुधबार टोखास्थित आफ्नै निवासमा शुभकामना आदनप्रदानका लागि आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालको संविधानमा भर्म निरपेक्षता लेखिँदा त्यी […]

बिचार

सरकारका र सिके राउतबीच भएको ११ बुँदे सहमति नेपालको संविधान र नेपाली जनताको भावना विपरित रहेको दाबी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले सच्याउन माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले पृथकतावादी मुद्दा बोकेर हिँडेका सिके राउत र उनको संगठनसँग सम्झौता […]

प्रवास

भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । यस असहज […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । यो समाचार कृष्ण ज्ञवाली र स्वरुप आचार्यले कान्तिपुरमा लेखेका छन् । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका […]

लोकप्रिय

शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु […]