Phone: +977 - 9841338823
Connect with us:

रेशम चौधरीलाई रिहा गरे संघर्षमा उत्रन्छौंः पीडित परिवार

रेशम चौधरीलाई रिहा गरे संघर्षमा उत्रन्छौंः पीडित परिवार

टीकापुर घटनाका योजनाकार भनिएका सांसद रेशम चौधरीलाई रिहा नगर्न सचेत गराउँदै पीडितहरूले त्यसो गरिएमा संघर्षमा उत्रने चेतावनी दिएका छन्।

घटनामा ज्यान गुमाएका प्रहरीका परिवारले चौधरीको रिहाइले आफूहरूमाथि थप अन्याय हुने भन्दै ‘कुनै पनि हालतमा उनलाई माफी दिन नदिन’ सरकारलाई सचेत गराएका हुन्।

थुनामा रहेका चौधरीलाई छाड्नुपर्ने सर्त राखेर राजपा सरकारमा जाने तयारी गरेपछि पीडितले विरोधमा बोलेका खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्। ‘टीकापुर हत्याकाण्डका मुख्य योजनाकारलाई नै सरकारले छाड्न लागेको सुन्दा हामीलाई ज्यादै दुस्ख लागेको छ,’ घटनामा मारिएका नेपाल प्रहरीका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदाले भनिन्, ‘यो त हाम्रो घाउमा नुनचुक लगाएजत्तिकै हो। राजनीतिक आवरणमा अपराधीलाई जोगाउन पाइन्छ?’

कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा हिंसा भडकिँदा बोहरालगायत ७ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो। घटनापछि छानबिन गर्दा दोषी देखिएका मुख्य अभियुक्त चौधरीसहित ५२ जनाविरुद्ध मुद्दा दायर भएकामा २२ जना मात्रै पक्राउ परेका थिए, उनीहरू कैलाली जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्।

चौधरीलगायत अन्य अभियुक्तलाई अदालतले थुनामा राख्न आदेश गरे पनि उनीहरू ‘फरार’ थिए । राजपाबाट उम्मेदवार भएर संघीय संसदको चुनाव लडेर भूमिगत अवस्थामै विजयी भएपछि ‘फरार’ चौधरीले गत फागुन १४ गते अदालतमा आत्मसमर्पण गरेका थिए।

त्यसपछि उनलाई जेल चलान गरिएको थियो। कारागारमा खान पिउन बन्द गरेपछि उनको स्वास्थ्य बिग्रेको भन्दै वीर अस्पताल भर्ना गरिएको छ। राजपाले चौधरीको रिहाइ हुनुपर्ने माग गरिरहेका बेला पीडितहरू सशंकित बनेका हुन्।

‘शान्ति सुरक्षा कायम गर्न खटिनुभएका मेरो बुबामाथि भाला र खुकुरी प्रहार गरेर ज्यान लिने अपराधीलाई सरकारले छाड्छ भने हामीलाई त्यो कदापि सह्य हुँदैन,’ घटनामा मारिएका अर्का इन्सपेक्टर बलराम विष्टकी १९ वर्षीया छोरी वसन्ती विष्टले भनिन्, ‘उहाँको हत्या भएदेखि हामी आरामले निदाउन सकेका छैनौं, अनेक समस्याले उस्तै दुःख दिइरहेको छ। यस्तोमा अभियुक्तहरूलाई छानबिनसमेत नगरी छाड्न लागेको सुन्दा मनै भरङ्ग भएर आएको छ । कम्तीमा अपराधीलाई कानुनअनुसार सजाय भइदियो भने हाम्रो मन बुझाउने बाटो हुन्थ्यो।’

राज्यले क्षतिपूर्तिमा समेत पीडितलाई भन्दा अभियुक्तलाई बढी माया देखाएकामा पनि उनीहरूलाई चित्त बुझेको छैन। ‘हामीलाई १० लाख दिइयो, हाम्रा मानिसलाई ज्यान लिने उनै रेशम चौधरीलाई चाहिँ सरकारले डेढ करोड दियो,’ शारदा भन्छिन्, ‘ज्यान जानेको मूल्य दस लाख अनि लिनेलाई चाहिँ डेढ करोड दिएको देख्दा राज्यले नै अपराधीलाई पुरस्कार पो दिन्छ कि जस्तो लागिरहेको छ। बरु हामीलाई त्यो पैसा नदिएको भए पनि हुन्थ्यो।’

शान्ति सुरक्षाका लागि खटिएका प्रहरीलाई भाला र खुँडा रोपेर मार्ने र जिउँदै जलाउने कामलाई ‘राजनीतिक घटना’ भन्न नमिल्ने शारदाले बताइन्। ‘अन्य अभियुक्तहरूले दिएको बयानमा भाला र छुरा रोप्ने अनि आगो लगाउने काममा रेशम पनि सहभागी थिए भनेर खुलाएका छन्,’ उनले भनिन्, ‘त्यसको छानबिन गर्नु पर्दैन? अहिले उनी निर्दोष छु भनेर अनशन बसिरहेका छन्। भेट्न जाँदा आँसु खसालेको देखेर नेताहरूको मन पग्लियो रे । हाम्रो आँसुचाहिँ कसले देख्ने?’

चौधरीलाई मुद्दा प्रक्रियामा नलगी माफी दिने काम भएमा आफूहरूलाई मान्य नहुने भन्दै पीडितले त्यसविरुद्ध आफूहरू संघर्षमा उत्रने चेतावनी पनि दिएका छन्।

20/03/2018, 05: 07: 10 मा प्रकाशित
218 पटक पढीएको

राजनीति

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान सभाले नयाँ संविधान लेख्ने बेलामा नेपालका ठूला ठूला हिन्दु धर्मावलम्बी र धार्मिक गुरुहरु मौन बसेको कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुगेको दाबी गरेका छन्। फागु पर्वको अवसरमा बुधबार टोखास्थित आफ्नै निवासमा शुभकामना आदनप्रदानका लागि आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालको संविधानमा भर्म निरपेक्षता लेखिँदा त्यी […]

बिचार

सरकारका र सिके राउतबीच भएको ११ बुँदे सहमति नेपालको संविधान र नेपाली जनताको भावना विपरित रहेको दाबी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले सच्याउन माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले पृथकतावादी मुद्दा बोकेर हिँडेका सिके राउत र उनको संगठनसँग सम्झौता […]

प्रवास

भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । यस असहज […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । यो समाचार कृष्ण ज्ञवाली र स्वरुप आचार्यले कान्तिपुरमा लेखेका छन् । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका […]

लोकप्रिय

शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु […]