कांग्रेसका ६ भाइकाे तर्फबाट गगनले बुझाए ५१ पृष्ठ लामो दस्तावेज (पूर्णपाठ सहित)

तत्काल महासमिति बैठक र शिघ्र महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई सुझाव

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ११

नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचनको समिक्षा र पार्टीको आगामी कार्यदिशाबारे ५१ पृष्ठ लामो दस्तावेज सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल र बद्री पाण्डेसहितको साथ र समर्थनमा तयार पारेको दस्तावेज केन्द्रीय समितिको मंगलबारको बैठकमा थापाले पेश गरेको थापा निकट स्रोतले बतायो।

उनीहरुले पेश गरेको दस्तावेजको सभापति शेरबहादुर देउवालाई तत्काल महासमितिको बैठक र शिघ्र महाधिवेशन गराएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका छन्।

यसरी पेश गरिएको दस्तावेजमा ६ जना सदस्यहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणले मात्रै पार्टीमा नयाँ रक्तसंचार गराउने र त्यसका लागि अबको ५ वर्षभित्र १५ लाख मतदाता थप्ने गरी अगाडि बढ्ने योजना राखिएको छ।्र

दस्तावेजकाे पूर्णपाठः