गजल: पीडा नभाको मान्छे हुँदैन्

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

यहाँ दु:ख र पीडा नभाको मान्छे हुँदैन्
नमिठो ठेस र आँसु नखाको मान्छे हुँदैन् ।।

तर जति चोटै चोट खाएपनि जीन्दगी भरि
यहाँ शिखर चुम्न सपना नधाको मान्छे हुँदैन् ।।

खुुशी मात्र यहाँ कहाँ लेखे र दैबले पनि
यहाँ आॅंशुको धारा नपाको मान्छे हुँदैन् ।।

राम्रो बोली बोल सबै सँग नराम्रो बोलिले
छातीमा घाउ नलाको यहाँ मान्छे हुँदैन् ।।

आफुलाई सु:ख पर्दा अरुलाई घृणा गर्ने मान्छे
आफ्नो दु:खमा मन्दिर ढोग्न नगाको यहाँ मान्छे हुँद‌ैन् ।।

धन्यवाद ।
लेखक: अन्जना बिसुन्के
सुर्यविनायक,भक्तपुर
सुझावको लागि [email protected]