Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

रामचन्द्र दाइले आवेशमा आएर बोल्नु भयोः महामन्त्री कोइराला

हिमाल दैनिक
रामचन्द्र दाइले आवेशमा आएर बोल्नु भयोः महामन्त्री कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको समिक्षा बैठकको निर्णय अल्पमत र बहुमतका आधारमा भएको आरोप लगाएपछि पार्टीभित्र मात्रै नभई स्वयं उनैले नेतृत्व गर्दै आएको समूहभित्रै पनि थप विवाद बल्झिने सम्भावना देखिएको छ।

चैत ९ गते सुरु भएर वैशाख १६ गते आइतबार सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा महामन्त्री शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्माले सर्वसम्मत्तिबाट निर्णय भएको भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी पौडेलले आइतबार साँझै पत्रकारसमक्ष गरेका थिए।

समिक्षा बैठकको निर्णयमा निर्वाचनको पराजयको जिम्मेवारी सभापतिले लिन तयार नभएकोमा आपत्ति जनाएका पौडेलले विधान बमोजिम पदाधिकारी नियुक्तिका लागि डाकिएको बैठकप्रति समेत आफ्नो आपत्ति रहेको बताएका थिए।

पौडेलले पत्रकारमाझ बैठकको निर्णय प्रक्रियाबारे बोल्दै गर्दा त्यहाँ उपस्थित भएर उनका कुरा सुनिरहेका महामन्त्री कोइरालाले सोमबार पौडेलको भनाईको खण्डन गरेका छन्।

पदाधिकारी नियुक्ति सम्बन्धि निर्णयका लागि डाकिएको बैठक स्थगित गरेपछि पार्टी मुख्यालय सानेपाबाट बाहिरिने क्रममा महामन्त्री कोइरालाले पत्रकारसँग कुरा गर्दै हिँजोको बैठकमा सर्वसम्मत्तिले निर्णय गरेको जानकारी पटक पटक दोहोर्याए।

नेता पौडेलले आवेगमा आएर हिँजो साँझ अभिव्यक्ति दिएको प्रतिक्रिया कोइरालाले दिए। कोइरालासँग पत्रकारहरुले गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचनको समिक्षा बैठकको अन्तिम दिन आइतबार तपाइसहित पार्टी प्रवक्ताले सर्वसम्मतिबाट केन्द्रीय कार्यसमितिले निर्णय गर्यो भन्न नभ्याउँदै नेता रामचन्द्र पौडेलले त्यसको खण्डन गर्दै अल्पमत र बहुमतका आधारमा निर्णय भएको भन्नु भयो। यथार्थमा के भएको हो?

याथर्थमै हिँजोको बैठकमा गरिएका निर्णयहरु सर्वसम्मतिमै भएको हो। यदि, त्यहाँ बहुमतले भएको भए अथवा कुनै सदस्यको असहमति जनाएको भए निर्णय प्रक्रियामा विरोध हुन्थ्यो, अथवा फरक मत (नोट अफ डिसेन्ट) लेखिएको हुन्थ्यो नि। तर, त्यहाँ केहि पनि भएन। त्यसैले हिँजो भएको निर्णय सर्वसम्मतिबाटै भएको हो।

हिजो आएको दुइथरी अभिव्यक्तिले निर्वाचन परणिामपछि निराश बनेका कार्यकर्तामा कस्तो सन्देश दिएको जस्तो लाग्छ? कांग्रेस एक भएर गएको सन्देश गएको छ कि अझबढी आन्तरिक मतभेद बढ्दै मुठभेढमा जाँदैछ भन्ने सन्देश गएको छ?

रामचन्द्र दाइले मलाई लाग्छ, आवेशमा आएर बोल्नु भएको हो। तर, जुन निर्णय भयो त्यो सर्वसम्मतिले नै भएको हो भन्ने कुरा मिडिया मार्फत स्पष्ट पार्न चाहन्छु।

हिँजो तपाइले नै दिएको जानकारी अनुसार पदाधिकारी नियुक्तिको प्रस्तावमाथि छलफल र निर्णयका लागि निर्वाचित पदाधिकारी र सदस्यहरुको बैठक आज डाकिएको थियो। तर, दुई वर्ष ढिला गरी हुन लागेको पदपूर्ति प्रक्रियामा आज फेरि पौडेल लगायतका नेताहरुले विरोधपछि बैठक पनि स्थगित हुँदा थप केहि दिन अझै ढिला हुने स्थितिमा पुग्यो। यसले पार्टीमा कस्तो प्रभाव पार्ला?

अब पार्टीलाई एकजुट र एकताबद्ध बनाएर अगाडि बढ्नु पर्ने समय आएको छ। पदाधिकारीको चयनका लागि डाकिएको बैठक आज मेरै आग्रहमा सभापति शेरबहादुरजीले २१ गतेका लागि सार्न मान्नु भयो। मेरो दृष्टिकोणमा यो तीन दिनभित्र हामी दुबै पक्षका शीर्ष नेता सभापति र वरिष्ठ नेताले आपसी छलफल गरेर निर्णय गर्नु पर्ने हो। यसले मात्रै उर्जा दिन सक्छ। पार्टी एक भएको सन्देश दिन सकिन्छ। यस दिशामा म पनि लाग्दछु। वामपन्थीहरु सबै एक भएका छन्। यस्तो अवस्थामा हामीहरु स साना कुराहरुमा अल्झिएर बस्ने होइन। हामी पनि एक भएर अघि बढ्नुको विकल्प छैन।

तपाइले पार्टी एक ढिक्का हुन्छ भन्नु भयो। तर हिँजो एउटा बैठक सकिएलगत्तै आजबाट फेरि अर्को विवाद सुरु भयो त!

यो विवाद होइन। हामी मिटिङ प्वाइन्टमा त आएकै छौ नि। आज सभापति शेरबहादुरजीले बैठक राख्न खोज्नु भयो। मैले नै गएर उहाँलाई भने, आजै बैठक नगरौँ। दुई तीन दिन पर सारेर नेताहरुबीच संयमित भएर छलफल गरौ भने। यो नेताहरुबीच आपसी दूरी नबढोस् भनेर नै गरेको हो नि। अब नयाँ चरणमा प्रवेश भएको छ। यसले पार्टी एकीकृत हुने सम्भावना बढेर गएको छ।

अब कहिलेसम्म पदाधिकारी नियुक्तिको टुंगो लाग्ला?

सभापतिजी २१ गते हुन्छ भन्नु भएको छ।

त्यो दिन पनि रामचन्द्र पौडेल लगायतका असन्तुष्ट नेताहरु आउनु भएन अथवा आएर असहमति व्यक्त गर्नु भयो भने के हुन्छ?

होइन, उहाँहरु आउनु हुन्छ। सबैलाई मिलाएर अगाडि जाने जिम्मा मेरो पनि त हो नि।

आज तपाइको जिम्मा थिएन?

हाहा!, आज पनि एक गराएर अघि बढाउने मेरै जिम्मा थियो नि। र म केहि हदसम्म आज सफल पनि भएँ भन्ने लागेको छ।

30/04/2018, 02: 43: 23 मा प्रकाशित
506 पटक पढीएको

राजनीति

संसदीय समितिमा व्यक्त प्रतिबद्धता विपरित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दशैं अगाडि आफ्नो पार्टी निकट एफ. एमहरुलाई राज्यको ढुकुटीबाट मनपरी पैसा बाँडेका छन्। संसदको विकास तथा प्रविधि समितिको बैठकमा आफूले व्यथितिको अन्त्य गर्ने संकल्पसहित घुस नखाने र खान पनि नदिने दाबी गरेका सञ्चारमन्त्रीले नै सरकार र पार्टीका नेताहरु निकट मानिएका करिब चार दर्जन एफ. […]

बिचार

काठमाडौं, निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिएको घोषणा गरे लगत्तै एकाएक देशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। करिब १० महिनाअघि जनताले करिब ९ हजार मतान्तरमा पाँच वर्षका लागि प्रतिनिधि सभा सदस्यमा जिताएका मानन्धरले पार्टी नेता वामदेव गौतमलाई सांसद बन्ने बाटो खुला […]

प्रवास

अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ । हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ । अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन्। पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन्। यो खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्। प्रचण्डको सहमति लिएर […]

लोकप्रिय

सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करीब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो । निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका […]