Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

सत्तारुढ दल नेकपा (अण्डरलाइन) नै कानुनको धज्जी उडाँउदै

हिमाल दैनिक
काठमाडौं, जेठ ८
सत्तारुढ दल नेकपा (अण्डरलाइन) नै कानुनको धज्जी उडाँउदै

सबै वर्ग, क्षेत्र, लिंग र समुदायको हितका पक्षमा काम गर्ने नारा दिँदै आएका दुई वामपन्थी दलको एकतापछि बनेका उक्त पार्टीले दल दर्ता गर्दा नाममा मात्रै विवादित भएको छैन, केन्द्रीय संरचना तय गर्दा समेत आफैँले बनाएका ऐन कानुनको पालना गर्न सकेको छैन।

दल दर्ता सम्बन्धी ऐनको दफा ९ बमोजिम कुनै पनि दलको नाम, झण्डा र चुनाव चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने भनिएपनि दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नामको दल यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेलको नाममा दर्ता भइसकेपनि नामको तल धर्को तानेर दर्ता गर्ने काम भएको छ।

विघटित नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर हालै गठन भएको नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) पार्टी संचालनका लागि गठन गरिएको ९ सदस्यीय सचिवालय सदस्यमा ७ जना नेताहरु खस आर्यबाटमात्रै र दुई जनामात्रै जनजातिबाट परेका छन्।

त्यतिमात्र होइन, मंगलबार सार्वजनिक गरिएको उक्त पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा पनि संविधान बमोजिम दलहरुले तयार पारेको राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था विपरित गरिएपछि सो पार्टीकै कतिपय सदस्यहरुले असन्तुष्टि पोख्न थालेका छन्।

उक्त ऐनको दफा १५ मा उल्लेखित दलको संगठनात्मक संरचना सम्बन्धी व्यवस्थाको उपदफा ३ मा विधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा नेपालको सामाजिक विविधता प्रतिबिम्बित हुने गरी आफ्ना सदस्यहरु मध्येबाट त्यस्ता समितिमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागति हुने व्यवस्था गर्नु पर्नेछ।

तर, ९ सदस्यीय सचिवालयमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेलगरी ७ जना खस आर्य समुदायबाट छन् भने नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मात्रै आदिवासी जनजाति समुदायबाट पर्दछन्।

त्यसैगरी दल सम्बन्धी ऐनको सोहि दफाको उपदफा ४ मा प्रष्टसँग लेखिएको प्रावधान पनि उक्त पार्टीले पालना गरेको छैन। सो उपदफामा भनिएको छ, दलको सबै तहको समितिमा कम्तिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नु पर्नेछ।

तर, सचिवालय सदस्यको मनोनयन गर्दा शीर्ष नेताहरुको सूचि लामो भएर उनीहरुको दाँजोमा पुग्न सक्ने गने चुनेका महिला नेतृहरु नभएको कारणले पनि एक जना महिला सदस्य समावेश हुन सकेको छैन।

त्यतिमात्र होइन, मंगलबार सार्वजनिक भएको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा पनि मुस्किलले विघटित दुबै वामपन्थी दलका सदस्यहरु मिलाएर ७० जनाको संख्यामा महिलालाई स्थान दिइएको छ।

अर्थात केन्द्रीय समितिमा महिलाहरुको प्रतिनिधित्व १६ प्रतिशतको हाराहारीमा हुन आउँदछ।

यदि विद्यमान ऐनका आधारमा केन्द्रीय समिति गठन भएको भए महिलाहरुको प्रतिनिधित्व हाल रहेको सदस्य संख्याको दुई गुणा बढि अर्थात १ सय ४६ जना समावेश हुने थिए।

पार्टी नेतृत्वको कार्यशैली र व्यवहारप्रति उक्त पार्टीकी केन्द्रीय सदस्य विन्दा पाण्डेले ट्वीटर मार्फत असन्तुष्टि जनाइसकेकी छिन्।

दल दर्ता सम्बन्धी उक्त ऐनको दफा उल्लेख गर्दै पाण्डेले प्रश्न गरेकीछिन्, ‘नेकपा दर्ता हुँदा यो लागु हुनु पर्छ कि पर्दैन निर्वाचन आयोगले ध्यान दिने नै छ।’

22/05/2018, 08: 41: 12 मा प्रकाशित
328 पटक पढीएको
"> advertisement

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उहाँहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको छ । प्रदेश […]

बिचार

गत मंसिरमा सम्पन्न आम निर्वाचनको क्रममा नेपाली कांग्रेसले एउटा चुनावी अभियान चलाएको थियो। अधिनायकवादको अवधारणा त्यस चुनावी अभियानको केन्द्र भागमा थियो। लामो संघर्षपछि संविधानसभाको माध्यमबाट २०७२ मा वर्तमान संविधान जारी भएको हो। यो संविधान बमोजिम भएको पहिलो चुनावमा नेपाली कांग्रेसले अधिनायकवादको कुरा उठायो। चुनावको परिणाम हेर्दा कांग्रेसले उठाएको अधिनायकवादको नारा (हौवा) मतदाताले पत्याए जस्तो छैन। […]

प्रवास

जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै नेपालमा राजनीतिक स्थायित्व स्थापित भएको भन्दै नेपालमा लगानी गर्न जापानका लगानीकताहरूलार्इ आग्रह गरेकी छिन्। संविधान दिवशको उपलक्ष्यमा टोकियोस्थित नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी, व्यापारी तथा विभिन्न पेशा र व्यवशासयमा संलग्न नेपाली समुदायलाई नेपालमा लगानीमैत्री वातावरण भएको […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन्। पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन्। यो खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्। प्रचण्डको सहमति लिएर […]

लोकप्रिय

रत्नराज्य क्याम्पसमा स्नातक तहमा अध्ययनरत रौतहटकी सीमा वस्नेतले बुधबार आफ्नो फेसबुक स्टाटसमा लेखिन, ‘जिउँदै जलाउनु पर्ने। मैले अस्पतालको शैयामा भेट्दा खुब नाटक गर्ने, थुक्क पापी त्यतिखेर थाहा पाएको भए अस्पतालमै लास बनाएर सिधै जेल जान्थेँ बरु।’ नेपालको कानुन अनुसार जुनसुकै अपराधमा संलग्न अपराधीलाई पनि कानुन बमोजिम दण्ड र जेल सजाय भएपनि मार्न भने पाइँदैन। तर, […]