Phone: +977 - 9841338823
Connect with us:

सत्तारुढ दल नेकपा (अण्डरलाइन) नै कानुनको धज्जी उडाँउदै

हिमाल दैनिक
काठमाडौं, जेठ ८
सत्तारुढ दल नेकपा (अण्डरलाइन) नै कानुनको धज्जी उडाँउदै

सबै वर्ग, क्षेत्र, लिंग र समुदायको हितका पक्षमा काम गर्ने नारा दिँदै आएका दुई वामपन्थी दलको एकतापछि बनेका उक्त पार्टीले दल दर्ता गर्दा नाममा मात्रै विवादित भएको छैन, केन्द्रीय संरचना तय गर्दा समेत आफैँले बनाएका ऐन कानुनको पालना गर्न सकेको छैन।

दल दर्ता सम्बन्धी ऐनको दफा ९ बमोजिम कुनै पनि दलको नाम, झण्डा र चुनाव चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने भनिएपनि दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नामको दल यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेलको नाममा दर्ता भइसकेपनि नामको तल धर्को तानेर दर्ता गर्ने काम भएको छ।

विघटित नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर हालै गठन भएको नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) पार्टी संचालनका लागि गठन गरिएको ९ सदस्यीय सचिवालय सदस्यमा ७ जना नेताहरु खस आर्यबाटमात्रै र दुई जनामात्रै जनजातिबाट परेका छन्।

त्यतिमात्र होइन, मंगलबार सार्वजनिक गरिएको उक्त पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा पनि संविधान बमोजिम दलहरुले तयार पारेको राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था विपरित गरिएपछि सो पार्टीकै कतिपय सदस्यहरुले असन्तुष्टि पोख्न थालेका छन्।

उक्त ऐनको दफा १५ मा उल्लेखित दलको संगठनात्मक संरचना सम्बन्धी व्यवस्थाको उपदफा ३ मा विधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा नेपालको सामाजिक विविधता प्रतिबिम्बित हुने गरी आफ्ना सदस्यहरु मध्येबाट त्यस्ता समितिमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागति हुने व्यवस्था गर्नु पर्नेछ।

तर, ९ सदस्यीय सचिवालयमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेलगरी ७ जना खस आर्य समुदायबाट छन् भने नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मात्रै आदिवासी जनजाति समुदायबाट पर्दछन्।

त्यसैगरी दल सम्बन्धी ऐनको सोहि दफाको उपदफा ४ मा प्रष्टसँग लेखिएको प्रावधान पनि उक्त पार्टीले पालना गरेको छैन। सो उपदफामा भनिएको छ, दलको सबै तहको समितिमा कम्तिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नु पर्नेछ।

तर, सचिवालय सदस्यको मनोनयन गर्दा शीर्ष नेताहरुको सूचि लामो भएर उनीहरुको दाँजोमा पुग्न सक्ने गने चुनेका महिला नेतृहरु नभएको कारणले पनि एक जना महिला सदस्य समावेश हुन सकेको छैन।

त्यतिमात्र होइन, मंगलबार सार्वजनिक भएको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा पनि मुस्किलले विघटित दुबै वामपन्थी दलका सदस्यहरु मिलाएर ७० जनाको संख्यामा महिलालाई स्थान दिइएको छ।

अर्थात केन्द्रीय समितिमा महिलाहरुको प्रतिनिधित्व १६ प्रतिशतको हाराहारीमा हुन आउँदछ।

यदि विद्यमान ऐनका आधारमा केन्द्रीय समिति गठन भएको भए महिलाहरुको प्रतिनिधित्व हाल रहेको सदस्य संख्याको दुई गुणा बढि अर्थात १ सय ४६ जना समावेश हुने थिए।

पार्टी नेतृत्वको कार्यशैली र व्यवहारप्रति उक्त पार्टीकी केन्द्रीय सदस्य विन्दा पाण्डेले ट्वीटर मार्फत असन्तुष्टि जनाइसकेकी छिन्।

दल दर्ता सम्बन्धी उक्त ऐनको दफा उल्लेख गर्दै पाण्डेले प्रश्न गरेकीछिन्, ‘नेकपा दर्ता हुँदा यो लागु हुनु पर्छ कि पर्दैन निर्वाचन आयोगले ध्यान दिने नै छ।’

22/05/2018, 08: 41: 12 मा प्रकाशित
477 पटक पढीएको

राजनीति

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान सभाले नयाँ संविधान लेख्ने बेलामा नेपालका ठूला ठूला हिन्दु धर्मावलम्बी र धार्मिक गुरुहरु मौन बसेको कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुगेको दाबी गरेका छन्। फागु पर्वको अवसरमा बुधबार टोखास्थित आफ्नै निवासमा शुभकामना आदनप्रदानका लागि आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालको संविधानमा भर्म निरपेक्षता लेखिँदा त्यी […]

बिचार

सरकारका र सिके राउतबीच भएको ११ बुँदे सहमति नेपालको संविधान र नेपाली जनताको भावना विपरित रहेको दाबी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले सच्याउन माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले पृथकतावादी मुद्दा बोकेर हिँडेका सिके राउत र उनको संगठनसँग सम्झौता […]

प्रवास

भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । यस असहज […]

अन्तर्वार्ता

वर्तमान सरकार र यसको नेतृत्वले आजदेखि ‘नयाँ युगको शुभारम्भ’ को नारा दिएर सामाजिक सुरक्षा कार्यक्रमको ब्यापक प्रचारवाजी गरेको छ। तर, सामाजिक सुरक्षा कोषको स्थापनाका लागि पहिलो संविधानसभा निर्वाचन लगत्तै बनेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराईको सबैभन्दा ठूलो योगदान छ। उनी अर्थमन्त्री भएकै बेला योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा सुरू गरेलगत्तै उक्त […]

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । यो समाचार कृष्ण ज्ञवाली र स्वरुप आचार्यले कान्तिपुरमा लेखेका छन् । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका […]

लोकप्रिय

शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु […]