Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:

बालकृष्ण ढुंगेलको कैद मिनाहाको सिफारिसविरुद्ध रिट

काठमाडौं, जेठ ११
बालकृष्ण ढुंगेलको कैद मिनाहाको सिफारिसविरुद्ध रिट

ज्यान मारेको अभियोगमा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले कैद मिनाहा गर्ने सिफारिसले मुलुकको फौजदारी न्याय प्रणालीको मर्ममाथि प्रहार गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

रिट निवेदनमा गम्भीर फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई शक्ति र पहुँचका आधारमा जथाभावी रूपमा माफी मिनाहा दिनु गलत भएको उल्लेख छ ।

पक्राउ पर्नुभन्दा केही समयअघि आफू जोडिएको मुद्दाको फैसला गर्ने न्यायाधीशमाथि नै ज्यान मार्ने धम्की दिएको अवस्थामा कैद मिनाहा गर्ने निर्णयले समाज र पीडितलाई समेत खतरा पर्ने उल्लेख छ । फरार रहेकै अवस्थामा पक्राउ परेको, पक्राउ परेको छ महिनासमेत बितिनसकेको अवस्थामा ६० प्रतिशत कैद मिनाहा गर्ने तयारीले दण्डहीनता मौलाउने भन्दै सिफारिसविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । ढुंगेललाई १२ वर्ष ५ महिना २२ दिन कैद गर्न सर्वोच्च अदालतले गत वर्ष वारेन्ट नै जारी गर्नुपरेको थियो ।

ढुंगेलसहित प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्चले २०६६ साल पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय हुने फैसला गरेको थियो । आफू प्रधानमन्त्री भएको दुई महिनाभित्रै बाबुराम भट्टराईको मन्त्रिपरिषदले २०६८ कात्तिक २२ मा उनलाई फैसला भएको कैद माफी गर्न सिफारिस गर्‍यो । त्यो निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्चले २०७२ पुस २३ गते ढुंगेलको कैद सजाय माफी मिनाहा नहुने निर्णय गरेको थियो ।

कान्तिपुर दैनिक

25/05/2018, 07: 17: 33 मा प्रकाशित
64 पटक पढीएको

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्नुभएको थियो […]

बिचार

सरकारका मन्त्रीहरुले बजेट विनियोजन गर्दा विवेक गुमाएर संविधान विपरित आफ्नो जिल्ला, क्षेत्र र वडामा मात्रै केन्द्रित विकास कार्यक्रम गरेको भन्दै सत्तारुढ दलकै सांसदले सरकारद्धारा वितरित विनियोजन विधेयक सम्बन्धित मन्त्रीलाई फर्र्काएका छन्। सम्भवत् नेपालको संसदीय इतिहासमै पहिलो पल्ट सत्तारुढ दलकै सांसदले सरकारको विकास कार्यक्रमप्रति घोर आपत्ति जनाउँदै मन्त्रीहरुमाथि आक्रोस पोखिएको यो पहिलो उदाहरण हो। सञ्चार तथा […]

प्रवास

साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

काठमाडौंं : प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा प्रमुख मुद्दा रहेको चिनियाँ लगानी भिœयाउने विषय सोचेजस्तो सहज छैन। चीनमा उत्रेपछि प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गर्न कुनै कसर बाँकी राखेनन्। असार ५ गते बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चिनियाँ लगानी गर्न रातो कार्पेट बिच्छाए। कार्यक्रममा उनले लगानी सुरक्षाका विषयमा आश्वस्त बनाउन खोजे। […]

लोकप्रिय

स्पेनका क्याप्टेन सर्जियो रामोशले अर्जेन्टिनाका पूर्व स्टार खेलाडी डियोगो म्याराडोनाको चर्को आलोचना गर्दै लियोनल मेसीको प्रशंसा गरेका छन्। रसियामा जारी विश्वकप लिग खेलमा इरानलाई १ ० गोल अन्तरले पराजित गरेपछि बुधबार राती संचारमाध्यमसँगको संक्षिप्त प्रतिक्रिया दिँदै रामोसले म्याराडोना भन्दा लियोनल मेसी नै अर्जेन्टिनाको इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरे। अर्जेन्टिनाका खेलाडी मेसीको क्षमतासँग ५७ वर्षिय […]