जानवी र इशानको डेब्यू फिल्मको ट्रेलर सार्बजनिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

जानवी कपूर र इशान खाटरको डेब्यू फिल्म ‘धडक’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ।

करण जोहरको व्यानर धर्म प्रोडक्सनबाट आफ्नो डेब्यू फिल्म खेलेका जानवी र इशानको यस फिल्ममा मुख्य भूमिका रहेको छ।

मराठी फिल्म सैराटको रिमेक गरी बनाइएको उक्त फिल्म सैराट एउटा वियोगान्त प्रेमकथामा आधातिर छ। जसमा एक उच्च जातको केटी एउटा सानो जातिको केटासंग प्रेम गर्छ। यस रिमेक फिल्मलाई करण जोहर, हिर्रो यश जोहर र अपूर्व मेहताले निर्माण गरेका हुन् भने, निर्देशक शशांक खेतानले गरेका छन्।

२० जुलाईमा रिलीज हुन लागेको यस फिल्मले बलिउडमा निकै चर्चा कमाएको छ। प्रसिद्ध फिल्म निर्माता बोनी कपूर र श्रीदेवीका छोरी जानवी र सहिद कपूरका सौतेनी भाई इशानको पहिलो फिल्म रहेको र यी दुईजनालाई प्रख्यात निर्माता करण जोहरले ब्रेक दिन लागेकाले फिल्म जगतको माहोल नै यति बेला तातिएको हो।

यस अघि पनि करण जोहरले अलिया भट्ट, सिद्धार्थ, बरुण धवन जस्तै धुप्रै कलाकारहरुलाई आफ्नो फिल्ममा डेब्यू दिएका छन्। यो फिल्मले यी दुई नवकलाकारलाई पनि बलिउडको यात्रामा ठुलो ब्रेक हुन सक्ने अपेक्षा गरिएको छ। (एजेन्सीकाे सहयाेगमा)