चौंथो अङ्ग, आठौं दल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

मत्स्य न्याय थाहा होला, निलिने त त्यो भुरो हैनर?
देख्यौ होला सर्वोच्च नि, तिमी त नाथे बबुरो हैनर?

साना माछा दौडी गए, ठूला सबै पौडी रहे,
शुक्रबार आएपछि, मर्ने त सधै कुखुरो हैनर?

अलिखित चौंथो अङ्ग, कुरो बुझ आठौं दल,
सबै खान्छु पचाउँछु, आमा नि खाने माकुरो हैनर?

सिधालाई सिधा प्रश्न, मलाई नि सिधा प्रश्न,
थाहै छैन कस्तो थापा, तिमी त साच्चै हुटुरो हैनर?

अन्तरवार्ता क्या बुझन, कि नबुझे झै गरेको,
जागिर नै खानु भनी, आखिर दिने त कुरो हैनर?

@योगराज सन्ताप