इंग्ल्याण्ड र पनामाबीचको फुटबल मुसा विरालो खेल जस्तै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

समूह ‘जी’ को लिग खेलमा इंग्ल्याण्डले पनामा विरुद्ध पहिलो हाफमै ५ गोल हान्दै विश्वकप फुटबलको इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ।

पनामालाई निरिह बनाउँदै खेलको ८ मिनेटमै स्टोन्सले पहिलो गोल गरेर इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसको १४ मिनेट नवित्दै केनले २२ मिनेटमा दोस्रो गोल पेनाल्टी मार्फत गर्दै गोल अन्तर दोब्बर बनाए।

त्यसपछिको २३ मिनेटभित्र लिंगार्डले ३६ मिनेटमा, स्टोन्सले ४० र केनले अतिरिक्त समयको १ मिनेटभित्र पेनाल्टी गर्दे पाँच गोल गरे।

तर, पनामाका कुनै खेलाडीले गोल गर्न नसकेपछि खेलमा केन र स्टोन्सले विपक्षी खेलाडीलाई मुसा विरालोको खेल जस्तै खेलाउँदै दोस्रो हाफको ६२ मिनेटमा केनले अर्को गोल थप्दै ह्याट्रिक गर्न सफल भए।

त्यसपछि गोलको वर्षाले आफैँ आत्तिएजस्तै गरेर इंग्ल्याण्डका कोचले केन लिंगार्डलाई एकैपटक बाहिर निकाल्दै भर्दी र डेल्फलाई मैदानमा उतार्यो।

उनीहरु बाहिरिएपछि केहि राहतको महसुस गरेको पनामाले दोस्रो हाफका ७८औँ मिनेटमा पनामाका बाल्वेले फ्री किकमा आएको बललाई इंग्ल्याण्डको पोष्टमा छिराउँदै पनामाको पक्षमा एक गोल दर्ता गरे।

त्यसपछिको खेलमा कुनै पक्षबाट गोल नभएपछि इंग्ल्याण्ड र बेल्जियम उक्त समूहबाट दुई दुई खेल खेलेरै ६, ६ अंक प्राप्त गरी नकआउट चरणमा प्रवेश गरे भने पनामा र ट्युनिसिया तेस्रो गेम नखेल्दै समूह चरणबाटै बाहिरिने अवस्थामा पुगे।

केन दुई खेलमै एक ह्याट्रिक सहित सबै भन्दा बढि ५ गोल गर्ने खलाडीको रुपमा देखा परेका छन् भने उनलाई पोर्चुगलका रोनाल्डो र वेल्जियमका लुकाकुले चार चार गोल गर्दै गोल्डेन बुटका लागि पछ्याइ रहेका छन्।