समूह विजेता बन्ने होडबाजीमा रसिया र उरुग्वे भिड्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल महासंग्राम २०१८ अन्तरगत आज समूह ‘ए’ र ‘बी’ का ८ टिमबीच अन्तिम लिग खेल हुँदैछ।

साँझ ७ः४५ बजे समूह ‘ए’ मा रहेका रसिया, उरुग्वे, साउदी अरेविया र इजिप्टको तेस्रो तथा अन्तिम लिग खेल हुने छ।
समरा एरेनामा हुने खेलमा आयोजक राष्ट्र रसियाले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसँग भिड्दै छ।

उक्त समूहबाट नकआउट चरणमा प्रवेशका लागि स्थान सुरक्षित गरिसकेका यी दुई राष्ट्रबीच समूह चरणमा शीर्ष स्थानमा को रहने भन्ने प्रतिस्पर्धा हुने छ।

दुबै टिमले साउदी अरेविया र इजिप्टलाई पराजित गर्दै समान ६ अंक बटुलेका थिए भने पराजित साउदी अरेविया र इजिप्टकोे कुनै अंक छैन।

त्यसैगरी उक्त समूहमा रहेका साउदी अरेविया र इजिप्टबीच सोही समयमा भोल्गोगार्ड एरेनामा लिग चरणको तेस्रो खेल हुने छ। यी दुइृ टिमबीचको खेलको विश्वकप यात्रामा खासै अर्थ नभएपनि कुन टिम समूह चरणको तेस्रो स्थानमा रहने र कुन अन्तिम स्थानमा रहने भन्ने बाहेक केहि छैन।