‘गर या मर’को स्थितिमा स्पेन, पोर्चुगल र इरान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल महासंग्राम २०१८ अन्तरगत आज समूह ‘बी’मा रहेका पोर्चुगल, स्पेन र इरानबीच लिग चरणको अन्तिम प्रतिस्पर्धा हुँदैछ।

राति ११ः४५ बजे रसियाको मोर्डोभिया स्टाडियममा विश्व चर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले नकआउट चरणमा स्थान सुरक्षित गर्नका लागि इरानविरुद्ध भिड्दै छ।

स्पेनसँग तीन तीन गोल गर्दै बराबरीमा टुंगिएर मोरक्कोलाई एक सून्य गोल अन्तरले पराजित गर्दैैै चार अंक बटुलेका पोर्चुगलका खेलाडी रोनाल्डोले नकआउट चरणमा प्रवेशका लागि इरानलाई पराजित गर्न अथवा बराबरीमा रोक्नै पर्ने बाध्यता रहेको छ।

यदि पोर्चुगल र इरानबीचको खेल बराबरीमा टुंगियो भने पनि उक्त परिणाम वान म्यान आर्मी जस्तै गरी खेलेका पाँच पटक विश्व वर्ष खलाडी रोनाल्डोको लागि खुशीकै विषय हुने छ।

त्यस्तो स्थितिमा एक बराबरी र एक जितसहित चार अंक भएर पनि समूह चरण पार गर्नका लागि उक्त समूहमा रहेका स्पेन र मोरक्कोबीचको खेल परिणाम हेर्नु पर्नेछ।

बार्सिलोनाका अधिकांश खेलाडीहरुले भरिएको स्पेनले सोही समयमा कलिङगार्ड रंगशालामा उक्त समूहमा अन्तिम स्थानमा रहेको मोरक्कोसँग प्रतिपर्धा गर्ने छ।

पोर्चुगलसँग समान अंक र गोल अन्तर रहेको स्पेनका लागि पनि यो खेल त्यत्तिकै महत्वपूर्ण रहेको छ जति पोर्चुगल र इरानका लागि रहेको छ।

स्पेनले यो खेलमा मोरक्कोलाई पराजित गरेको खण्डमा उक्त टिम नकआउट चरणमा प्रवेश गर्नेछ। यदि मोरक्कोले स्पेनलाई पराजित गर्यो भने मोरक्कोका लागि यो खेल नकआउट चरण प्रवेशको लागि बाटो नखुलेपनि स्पेनका लागि अघिल्लो चरण प्रवेशमा खतराको स्थिति सामना गर्नु पर्ने पनि हुन सक्दछ।

समूह बी मा रहेका तीन टिम पोर्चुगल, स्पेन र इरानका लागि जित जति आवश्यक छ पराजय अथवा बराबरीको खेल त्यति नै घातक सिद्ध हुने हुँदा उनीहरुबीचको आजको खेल अत्याधिक चासोको विषय बन्दैछ।