रसियालाई ३-० गोलले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता रसिया उपविजेता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

रसिया जारी विश्वकप फुटबल खेलको लिग चरणको अन्तिम खेलमा समूह ए को उरुग्वेले आयोजक राष्ट्र रसियालाई ३-० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको छ।

सोमबार साँझ भएको खेलमा उरुग्वेका लुइस स्वारेजले खेलको १० मिनेट र कभानीले ९० मिनेटमा
पहिलो र तेस्रो गोल गरे भने रसियाका चेरिसेभले २३औँ मिनेटमा आत्मघाती गोल गर्दै दक्षिण अमेरिकी राष्ट्र उरुग्वेलाई समूह एको पहिलो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे।

आयोजक राष्ट्र रसिया पनि दुई खेल जितेर ६ अंक सहित दोस्रो टिमका रुपमा राउण्ड अफ १६ मा प्रवेश गरिसकेको छ।

त्यसैगरी उक्त समूहबाट यसअघि नै नकआउट चरणबाट बाहिरिएका साउदी अरेविया र इजिप्ट बीचको खेलमा साउदी अरेवियाले अन्तिम समयमा दोस्रो गोल गर्दै इजिप्टलाई २ १ गोल अन्तरले पराजित गर्न सफल भयो।