समूह बी बाट स्पेन र पोर्चुगल ठूलो संघर्ष गर्दै नकआउट चरणमा प्रवेश गरे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १२

समूह ‘बी’ बाट स्पेन र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै राउण्ड अफा १६ मा प्रवेश गर्न सफल भएका छन्।

मध्यरातमा उक्त समूहमा रहेका स्पेन, पोर्चुगलले क्रमश मोरक्को र इरानसँग खेलेको अन्तिम लिग खेलमा बराबरी बनाउँदै समान ५ अंकसहित स्पेन र पोर्चुगल नकआउट चरणको यात्रा सुरक्षित गर्न सफल भए।

स्पेनले मोरक्कोलाई ठूलो मेहनत गरी समान २ २ गोलको नतिजा निकाल्दै अघि बढ्नु परेको थियो भने पोर्चुगलले पनि इरानलाई समान १-१ गोलमा रोक्दै अगाडिको यात्रा तय गर्यो।

अर्काे चरणमा स्पेनले रसियासँग र पाेर्चुगलले उरुग्वेसँग नकअाउट चरणकाे खेल खेल्ने छन्।

विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले इरानी खेलाडीलाई हिर्र्काएर लडाएको घटना रेफ्रीले भिएआरको

माध्यमबाट हेरि पहेलो कार्ड मात्र पाएनन् उनले अर्को भिएआरको रिभ्यूपछि पाएको पेनाल्टी समेत गोल गर्न सकेनन।
यसअघि अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले पनि पेनाल्टी गोल मिस गरेका थिए।