नकआउट चरणमा खेलाइने टेलस्टार मेच्ता बल सार्वजनिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

रसियामा जारी विश्वकप फुटबल २०१८ को नकआउट चरणमा एडिडासको नयाँ बल खेलाइने भएको छ।

जुन ३० तारिख (असार १६) गतेदेखि हुने नकआउट चरणको खेलमा आधिकारिक फुटबल प्रयोग गर्नका लागि एडिडासले उत्पादन गरेको विशेष बल आज सार्वजनिक गरिएको हो।

टेलस्टार मेच्ता अफिसियल फुटबल नामको उक्त बलमा आयोजक राष्ट्रको चाहना बमोजिम स्पष्ट रातो कलर मिलाएर बनाइएको छ।

रसियन भाषामा मेच्ताको अर्थ ‘सपना’ अथवा ‘महत्वाकांक्षा’ भन्ने बुझिन्छ। यसअघि लिग चरणको खेलमा एडिडासले नै तयार पारेको टेलस्टार-१८ बल खेलाइएको थियो। उक्त बलमा थप तिब्रता र अवसर प्रतिविम्वित हुने गरी नयाँ बल तयार पारिएको उत्पादन कम्पनीले जनाएको छ।

उक्त बलमा यसअघि सन २०१४ को विश्वकप खेलमा खेलाइएको अफिसियल फुटबल ब्राजुकाको जस्तै नयाँपन रहेको छ जुन विभिन्न देश र क्लबले समेत परिक्षण गरिसकेका छन्।

‘अफिसियल खेलका लागि टेलस्टार-१८ प्राविधिक रुपमा ठूलो सपफलता थियो,’ एडिडास उत्पादन कम्पनीका भाइस प्रेसिडेण्ट डिन लक्सले भने। ‘विश्वकप नकआउट चरणका लागि हामीले आविस्कार गरेको बल दबाब र अवसरमा पनि पूर्ण रुपले सन्तुलित रहने गरी बनाएका छौँ।’

(एजेन्सीकाे सहयाेगमा)