समूह ‘सी’बाट फ्रान्ससँगै डेनमार्क कि अष्ट्रेलिया?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको लिग चरण अन्तरगत समूह ‘सी’ मा रहेका चार टिमबीचको अन्तिम लिग खेल आज हुँदैछ।

अपरान्ह पौने ८ बजे अष्ट्रेलिया र पेरुबीच फिस्त स्टाडियममा र फ्रान्स र डेनमार्कबीच लुजनिकी स्टाडियममा खेल हुँदैछ।

फ्रान्सले अष्ट्रेलिया र पेरुलाई पराजित गर्दै ६ अंक सहित नकआउट चरणमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ। डेनमार्कसँगको आजको खेल उसका लागि समूह विजेता र उपविजेता को बन्ने भन्ने बाहेक खासै अर्थ छैन।

तर, पेरुलाई पराजित गरेर पनि अष्ट्रेलियासँग बराबरीमा अंक बाँडेको डेनमार्कका लागि नकआउट चरणमा सहज प्रवेश गर्न तथा समूह विजेता बन्न फ्रान्सलाई पराजित गर्नै पर्छ। यदि आजको खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्यो भने फ्रान्स ९ अंक सहित समूह विजेता बन्ने छ भने डेनमार्कको लागि नकआउट चरणको प्रवेशका लागि अष्ट्रेलिया र पेरुबीचको खेलले केहि असर पार्न सक्नेछ।

फ्रान्स र डेनमार्कसँग पराजित भएको पेरुलाई अष्ट्रेलियाले चार गोलको अन्तरले पराजित गर्ने तथा फ्रान्ससँग डेनमार्क २ भन्दा बढि गोल अन्तरले पराजित भयो भने उक्त समूहबाट अष्ट्रेलिया उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश पाउन सक्ने छ।

त्यसैले आजको पहिलो दुई खेलमा डेनमार्क र अष्ट्रेलिया नकआउट चरणमा स्थान सुरक्षित गर्न बेग्ला बेग्लै टिमसँग भिडन्त गर्दैछन्।