समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क नकअाउट चरणमा प्रवेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

समूह ‘सी’ बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन्।

मंगलबार साँझ भएको खेलमा फ्रान्स र डेनमार्कबीच ९० मिनेटको खेलमा कुनै पक्षले पनि गोल गर्न नसकी बराबरीमा एक एक अंक बाँडेपछि पहिलो र दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेका हुन्।

अर्को खेलमा सोहि समूहमा रहेका पेरुले अष्ट्रेलियालाई २ ० गोलले पराजित गरेपछि अष्ट्रेलियाको विश्वकप यात्रामा अघि बढ्ने सम्भावना टुंगिएको छ।

पेरुका कारिलोले १८ मिनेट र गुरेरोले ५० मिनेटमा गोल गर्दै अष्ट्रेलियामाथि २ ० को जित निकालेको थियो।

यसरी पेरु ३ अंक सहित तेस्रो स्थान र अष्ट्रेलिया १ अंकसहित समूहको अन्तिम स्थानमा रहँदै यी दुबै देश घर फर्किने भएका हुने।

नकआउट चरणमा फ्रान्सले समूह ‘डी’काे उपविजेता तथा डेनमार्कले उक्त समूहकाे विजेतासँग भिड्ने छन्।