मेस्सीको अर्जेन्टिना क्रोयसियासँगै नकआउट चरणमा प्रवेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १३

समूह ‘डी’ बाट ठूलो मेहनत गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।

मंगलबार मध्यरातमा भएको लिग खेलको तेस्रो तथा अन्तिम खेलमा फुटबल स्टार लियोजन मेस्सीको टिम अर्जेन्टिनाले दुई एक गोल अन्तरले नाइजेरियालाई पराजित गर्दै समूहको उपविजेता बन्दै राउण्ड अफ १६ मा प्रवेश गरेको हो।

गर या मरको अवस्थामा मैदानमा उत्रिएको अर्जेन्टिनाका मेस्सीले खेलको १४ मिनेटमा सुन्दर गोल गर्दै एक सून्यको अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ६ मिनेट नहुँदै मासरानोले डिबक्समा गरेको फौलका कारण पेनाल्टी मार्फत नाइजेरियाका मोसेसले बराबर बनाए।

त्यहिबीचमा उता क्रोयसिया र आइसल्याण्डबीचको खेलमा पनि आइसल्याण्डले गोल फर्काएर बराबर बनाएपछि अर्जेन्टिनाका लागि नकआउट चरणको यात्रा कठिन बन्दै थियो।

तर, क्रोयसियाले दोस्रो हाफमा अर्को गोल थप्दै समूह विजेता बन्यो।

नाइजेरियाले गोल फर्काएर बराबर बनाएपछि गोल गर्न नसकेर लय गुमाएको जस्तो बनेको अर्जेन्टिनाका लागि मार्कोस रोजोले ८६ मिनेटमा गरेको दोस्रो गोलले अर्जेन्टिनाले नाइजेरियालाई दुई एक गोल अन्तरले पराजित गर्दै समूहको उपविजेता बन्दै विश्वकप यात्रा जारी राख्न सफल भयो।