जोन अब्राहमको ‘सत्यमेव जयते’को ट्रेलर सार्वजनिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १४

बलिउड अभिनेता जोन अब्राहम फेरी अर्को एक्सन फिल्म लिएर दर्शकमाझ आउने भएका छन्।

मिलाप मिलन जाभेरीद्वारा निर्देशित ‘सत्यमेव जयते’ नामक चलचित्रको माध्यमबाट अब्राहम आउन लागेका हुन्। त्यसका लागि उक्त फिल्मको ट्रेलर आज सार्बजनिक भएको छ।

ट्रेलरमा जोन एक भिजील्यान्तेका रुपमा रुप मा देखा परेका छन् जस्ले पुलिस डिपार्टमेन्टबाट भ्रष्ट पुलिसलाई सजाए दिएको दृश्य राखिएको छ।

बाल्यकालमै पुलिसमा जागिरे आफ्नो बाबु इमान्दार सिपाहीको रुपमा क्रियाशिल हुँदा पनि उनीमाथि माथिल्लो दर्जाका प्रहरी अधिकृतले अन्याय र अत्याचार गछ्र्रन। बाबुलाई आगोमा जलेको देखेपछि त्यो अत्याचारविरुद्ध घृणा र बदलाको भावनाले जोनलार्ई सानैदेखि विद्रोही बनाएको हुन्छ।

त्यहि घृणा र बदलाको भावना बोकेका जोन ठूलो भएपछि भ्रष्टाचारी प्रहरी अफिसरहरुलाई सजाय दिन थाल्दछन्।

तर, उनले गरेको त्यो कार्य कानुनको हिसाबले कुनै न्यायसंगत नभई कानुन विपरित अपराधिक कार्य भएको अर्का पुलिस अफिसरको बुझाई हुन्छ। अरुभन्दा फरक र इमान्दार पुलिस अफिसरका रुपमा मनोज बाजपाईको भूमिका रहेको छ जसले त्यो सहन सक्दैनन्।

उनको मान्यता छः कानुनलाई कानुनले तोकेको अधिकारीले बाहेक अरु कसैले पनि हातमा लिने अधिकार हुँदैन र छैन।’
यसरी गम्भिर किसिमको कथावस्तु र पटकथा रहेको फिल्ममा पनि निर्माताले पुरानो ‘सिर्फ तुम’ फिल्मको चर्चित ‘दिलवर दिलवर’ बोलको गीतलाई रिमेक गरिएको छ।

जसमा नोरा फत्तेको नृत्य रहेको छ। तम्मा तम्मा अगेन, हम्मा संङ, हावा हवाई २.० जस्ता चर्चित गीतहरु रिमेक गरेका तनिश बग्चीले यस फिल्ममा दिलबर गीलाई गरेको रिमेक दर्शक र स्रोतामाझ कति जम्न सक्छ त्यो भविश्यले नै बताउने छ।

निर्माता मिलाप मिलन जावेरीले अगस्ट १५ तारिकको लागि फिल्म रिलिग गर्ने मिति तय गरिसकेका छन्। जुन दिन अर्का वलिउड स्टार अक्षयकुमारको गोल्ड मुभि पनि आउँदै छ। (एजेन्सीकाे सहयाेगमा)