इंग्ल्यान्डलाई हराउँदै बेल्जियम समूह विजेता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

बेल्जियम समूह विजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई १ – ० ले हराउदै बेल्जियम समूह बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

केलिन्नग्राड स्टेडियममा भएको खेलमा बेल्जियमलाई जित दिलाउन अदनान जानुजाजले निर्णायक गोल गरे । खेलको ५१ औं मिनेटमा जानुजाजले गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण जित  दिलाएका हुन् । बेल्जियमको लागि उनको यो पहिलो गोल समेत हो ।

यो जितसँगै समूह एचको बेल्जियमले ३ खेलबाट ९ अंक जोडेको छ । बेल्जियम अपराजित रहन सफल भयो । पराजित इंग्ल्यान्ड ६ अंक जोडेर उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । बेल्जियम र इंग्ल्यान्ड एक खेल अगावै नकआउट चरणमा पुगिसकेका थिए ।

यो समूहमा ३ अंक जोडेको ट्युनिसिया र अंक बिहिन पानामा समूह चरणबाट बाहिरियो । अन्तिम खेलमा ट्युनिसियाले पानामालाई २ – १ ले हराएको थियो ।

अब बेल्जियमले नकआउट चरणमा जापानसँग खेल्ने छ । यस्तै इंग्ल्यान्डले कोलम्बियासंग खेल्ने छ ।