१९ वर्षे एम्बापे चम्किँदा फ्रान्स क्वार्टरफाईनलमा, अर्जेन्टिना बाहिरियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबलको पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गरेको छ । प्रि क्वार्टरफाईनलको पहिलो खेलमा अर्जेन्टिनलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाईनलमा प्रवेश गरेको छ । हारसंगै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको छ ।

कजान रंगशालामा १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सेले पेनाल्टी पाएको थियो ।

खेलको ४१ औ मिनेटमा एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४८ औ मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडो गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितीमा पु¥याएका थिए । तर खेलको ५७ औ मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितीमा ल्याए ।

त्यसपछि खेलमा १९ बर्षका फ्रान्सेली खेलाडी एमबाप्पे चम्किए । उनले ६४ र ६८ औ मिनेटमा लगातार दुई गोल गर्दै फ्रान्सलाई ४–२ को सहज स्थितीमा पु¥याए । तर दोस्रो हाफको इन्जुरी समयमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन ।

समुह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको छ ।