विश्व वर्ष खेलाडीद्धय मेस्सीसँगै रोनाल्डोको पोर्चुगल पनि बाहिरियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सीसँगै अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको राष्ट्रिय टोली पनि विश्वकप महायात्राको नकआउट चरणबाटै बाहिरिएको छ।

फ्रान्सका युवा खेलाडीहरुको दबाबसामु निरिहजस्तै बनेर रसियाबाट अर्जेन्टिना फर्किने पक्का भएको तीन घण्टाभित्रै रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल पनि उरुग्वेसँग २ १ गोल अन्तरले पराजित हुँदै बाहिरियो।

विश्व वर्ष खेलाडी बनेका मस्सी र रोनाल्डोको टिमलाई पराजित गर्दै फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा प्रव्ेश गरे।

शनिबार साँझ भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४ ३ गोल अन्तरले पराजित गर्दै विश्वकप यात्रा जारी राख्न सफल भयो भने मध्यरातमा भएको अर्को खेलमा लुइस स्वारेजको उरुग्वेले पोर्चुगललाई २ १ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो।

फ्रान्सका १९ वर्षिय एम्बाप्पेले जस्तै उरुग्वेका एडिन्सन कवानीले पहिलो र दोस्रो हाफमा दुई गोल गर्दै पोर्चुगलविरुद्धको जीत सुनिश्चित बनाएका थिए।

पोर्चुगलका तर्फबाट दोस्रो हाफको ५५ मिनेटमा ब्राजिलमा जन्मिएका पेपेले पोर्चुगलका लागि सान्त्वना गोल गरे।

बार्सिलोना र रियल म्याड्रिड क्लबका लागि पटक पटक उपाधि जिताउन सफल मेस्सी र रोनाल्डो विश्वकप फुटबलको यात्रामा भने नमिठो पराजयको पिडा लिएर स्वदेश फर्किन बाध्य भएका छन्।

उनीहरु दुबैको टिममा झण्डै झण्डै एक्लो प्रदर्शन गर्न बाध्य भएका मेस्सी र रोनाल्डो रसियामा भागेको पराजय पश्चात राष्ट्रिय टिममा रहने अथवा नरहने भन्नेबारे आशंका उब्जिएको छ।

पोर्चुगलका प्रशिक्षक सान्तोषले रोनाल्डोको सम्भावित बर्हिगमनलाई रोक्ने प्रयास गर्दै आफ्नो देशको टिममा थुप्रै नवजवान युवाहरु भएपनि उनीहरुको खेलमा पूर्णता दिलाउन रोनाल्डोको उपस्थिति आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।