नेइमारको मारमा मेक्सीको ठहरै, ब्राजिल क्वाटरफाइनलमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

दक्षिण अमेरिक राष्ट्र मेक्सीकोलाई दुई सून्य गोल अन्तरले पराजित गर्दै पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

सोमबार साँझ रसियाको सामरामा सम्पन्न फुटबल खेलमा विश्व चर्चित खेलाडी नेइमारको अहंम भूमिकाको कारण ब्राजिल विश्वकप खेलको अघिल्लो चरणको यात्रा जारी राख्न सफल भएको हो।

विश्वकपका प्रमुख दाबेदारका रुपमा हेरिएका जर्मनी, अर्जेन्टिना, स्पेन, पोर्चुगल जस्ता मुलुक र त्यहाँका महान हस्तीहरु पराजित हुँदै घर फर्किरहेको बेला नेइमारले भने ब्राजिलको विश्वकप हात पार्ने यात्रालाई जिवित राख्न सफल भए।

खेलको पहिलो हाफमा दुबैपक्षबाट विनागोल बराबरीमा टुंगिएपनि दोस्रो हाफको ५१औँ मिनेटमा नेइमारले कलात्मक खेल देखाउँदै अघि बढाएको बललाई वीलियनले दिएको पासलाई पोष्टमा छिराएर एक सून्यको अग्रता दिलाए।

त्यसपछि पनि पटक पटक विपक्षीको पोष्टमा आक्रमण गरेका नेइमारले नै ८८औं मिनेटमा दिएको पासलाई फर्मिनोले गोलमा परिणत गरेपछि मेक्सिकोको विश्वकप यात्रामा पूर्णविराम लागेको हो।

ब्राजिलले क्वाटरफाइनलमा जपान र बेल्जियमबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।