खेलकाे अन्तिम मिनेट नै बेल्जियमको लागि बरदान, जापानको लागि अभिसाप बनेपछि…

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

जापानलाई अन्तिम मिनेटको पनि अन्तिम समयमा निर्णायक गोल गर्दै बेल्जियम ३२ वर्षपछि क्वाटरफाइनलमा पुगेको छ।

सोमबार मध्यरातमा भएको खेलमा शारिरीक रुपमा बलियो देखिएको बेल्जियमको टिमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल जापानले दोस्रो हाफको ४८ र ५२ मिनेटमा क्रमशः हारागुची र इनुले गोल गर्दै दुई सून्य गोल अन्तरले अग्रता लिए।

तर, बेल्जियमका क्याप्टेल हजार्ड र लुकाकुसहितको टोलीले पटक पटक जापानको पोष्टमा आक्रमण गरेपनि सहजै सफलता पाउन सकिरहेका थिएनन।

त्यहि बीचमा ६० मिनेटमा भरटोनगेन र फेलोनीले ७४ मिनेटमा गोल गर्दै खेल बराबरी बनाए।

त्यसपछि दुबै टिमको तर्फबाट निकै आक्रामक र आकर्षक प्रहार भएपनि गोल हुन सकेन। ९० मिनेटको नियमित समयपछि थप गरिएको अतिरिक्त ४ मिनेटको अन्तिम समयमा बेल्जियमका खेलाडीले सोझै बल लगेर जापानको डिफेन्स र किपरलाई विफल गराउँदै चाड्लीले तेस्रो गोल गर्दै आफ्नो फुटबल यात्रा जारी राख्न सफल भए।

नियमित समयको ९० मिनेटसँगै थपिएको तीन मिनेटसम्म अत्यन्त बलियो डिफेन्स देखिएको जापान अन्तिम मिनेटको अन्तिम समयमा लय गुमाउँदा पराजय व्यहोर्न बाध्य भयो।

अत्यन्त राम्रो प्रदर्शन गरेर पनि पराजित भएको जापान अब घर फर्किने भएको छ भने बेल्जियमले क्वाटरफाइनलमा ब्राजिलसँग भिड्ने छ।

जापानको खेलाडीको बेल्जियमका कोचले समेत प्रशंसा गरेका थिए।